default_image

7 years ago

February 24, 2018

आर्मीलाई हेटौंडा गोल्डकप, जित्यो सिजनको छैटौं उपाधि

42 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । यस जितसँगै आर्मीले सिजनको छैटौं उपाधि जितेको छ ।

निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा आर्मीले पुलिसलाई ४-३ ले हराउँदै उपाधि जित्न सफल भयो । आर्मीले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा र सेमिफाइनलमा मनाङ्लाई १-० ले हराएको थियो ।

पेनाल्टी सुट-आउटमा आर्मीका नवयुग श्रेष्ठ चुके भने सन्तोष तामाङ, दिप लामा, विकेश कुथु र विवेक बस्नेतले आफ्नो प्रहारलाई गोलमा परिणत गरेका थिए । अर्को तर्फ, पुलिसका सुमन लामा, अजित राज भण्डारी र दिनेश राजवंशीले आफ्नो प्रयास परिणत गर्दा तेज तामाङ र बुद्ध लामा चुक्न पुगे ।

गत साता रुस्लान नवौं सिमरा गोल्डकपको उपाधि जितेको आर्मीले त्यसअघि नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप, मेत्री नेत्रालय काकरभिट्टा गोल्डकप, सताक्षी गोल्डक र वीरगन्जमा विशाल स्मृति गोल्डकप जितेको थियो ।

मन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आर्मीले ५ लाख र दोस्रो हुने पुलिसले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।प्रतियोगिताका उत्कृष्ट खेलाडी आर्मीका विमल पाण्डे घोषित भए र उनले ५० हजार रुपैयाँ पनि प्राप्त गरे । त्यस्तै अन्य विधामा उत्कृष्ट हुनेले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्:

उत्कृष्ट खेलाडी: बिमल पाण्डे (आर्मी)

उत्कृष्ट गोलरक्षक: विकेश कुथु (आर्मी)

उत्कृष्ट रक्षक: दिनेश राजवंशी (पुलिस)

उत्कृष्ट मिडफिल्डर: तेज तामाङ (पुलिस)

उत्कृष्ट फरवार्ड: अभिशेक रिजाल (पुलिस)

उत्कृष्ट प्रशिक्षक: नविन न्यौपाने (आर्मी)

October 7, 2024

टोटनहम पराजित, चेल्सी र युनाइटेड रोकिए

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) फुटबलमा टोटनहम हट्सपर ब्राइटनसँग पराजित हुँदा म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडेका छन् । ब्राइटनको घरेलु मैदानमा आइतवार बेलुका भएको खेलमा टोटनहम ३–२ ले पराजित भयो । ब्राइटनको जितमा यान्कुबा मिन्टे, जर्जिन्हो रुटेर र डानी वेलबेकले समान १ गोल गरे । टोटनहमका लागि ब्रेनन जोनसन र जेम्स म्याडिसनले गोल गरेका […]

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

Success

Thank you for your time.