7 years ago
February 24, 2018
हेटौंडा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच आज तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । फरेष्ट्री ग्राउन्डमा फाइनल दिउँसो २:३० बजे सुरु हुने आयोजक सुमन भम्जन स्मृति प्रतिष्ठानले जनाएको छ ।
विजय युथ क्लबलाई ३–० ले हराउँदै हेटौंडा गोल्डकपको यात्रा सुरु गरेको पुलिसले सेमिफाइनलमा संकटा क्लबलाई २–० ले हराएको थियो । आर्मीले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा सुदूरपश्चिमलाई टाइब्रेकरमा र सेमिफाइनलमा मनाङ्लाई १-० ले हराएको थियो ।
माघको सुरुआतमा राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेको पुलिसले माघ २० गते पोखरामा १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्यो । त्यसको अर्को साता टोलीले धरानमा २० औं बुढासुब्बा रेडबुल नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्यो । अहिले टोली शनिबार अर्को फाइनलको तयारीमा जुटेको छ । २ उपाधि जितिसकेको पुलिस तेस्रो उपाधि जित्ने तयारीमा रहेको छ ।
अर्को तिर आर्मी छ जसले यो सिजन घरेलु फुटबलमा उपाधि जित्ने क्रममा अन्य क्लबलाई निकै पछाडी छाडिसकेको छ । पुलिससँग मनाङ र रुस्लान थ्री स्टार क्लबले समान २ उपाधि जित्दा आर्मीले ५ वटा उपाधि आफ्नो नाममा लेखाइसकेको छ । गत साता रुस्लान नवौं सिमरा गोल्डकपको उपाधि जितेको आर्मीले त्यसअघि नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप, मेत्री नेत्रालय काकरभिट्टा गोल्डकप, सताक्षी गोल्डक र वीरगन्जमा विशाल स्मृति गोल्डकप जितेको थियो ।
मन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]