7 years ago
February 23, 2018
विनोदबाबु रिजाल
भरतपुर– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब नारायणगढमा जारी १३ औं टुबोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।
सुदूरपश्चिम ११ लाई बिहीबार ४–१ ले हराउँदै मनाङ अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा लिएको १–० को अग्रतालाई सुदूरपश्चिमले जोगाउन सकेन । आत्मघाती गोलबाट खेलमा फर्केको मनाङका लागि विमल मगरले २ र भिक्टरले अर्को गोल गरे ।
३९ औं मिनेटमा सुदूरपश्चिमका लागि विदेशी खेलाडी एरोउनाले गोल गरे । पहिलो हाफमा मनाङलाई निकै दबाबमा राखेको सुदूरको खेलको ५५ औं मिनेटमा आत्मघाती गोल खाएपछि खस्कियो । राकेश हमालले पेनाल्टी बक्स भित्र क्लियर गर्न लागेको बलले आफनै पोष्टमा आत्घाती गोल गरेपछि खेलमा १–१ को बराबरी भएको थियो ।
त्यसपछि दबाब सिर्जना गरेको मनाङका लागि भिक्टरले ५७ औं मिनेटमा गोल गरे । सुदूपश्चिमका गोकिपर दिलमणि चौधरीबाट रिबाउन्ड भएको बलमा भिक्टोरले मनाङलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमलले ४ मिनेटको फरकमा दुई गोल गरेपछि मनाङको जित सहज भएको थियो ।
विमलले ७० औं मिनेटको गोलमा भिक्टरको पासको उपयोग गरे । ७४ औं मिनेटमा सुजल श्रेष्ठको क्रसमा विमलले गोल गरेका थिए । सुजल खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । मनाङले क्वार्टरफाइनलमा आइतबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
विकास रनिङ शिल्डमा शनिबार पहिलो क्वार्टरफाइनल
सिएमजी क्लब संकटाविरुद्ध एपिएफ
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]