7 years ago
February 23, 2018
लण्डन (एजेन्सी)- गए राति युरोपा लिगको अन्तिम ३२ को खेलमा इंग्लिस टोली आर्सनल घरेलु मैदानमा स्विडिस क्लब ओस्टरसुन्ड्ससँग २-१ ले पराजित भएपनि अन्तिम १६ को यात्रा तय गरेको छ । पहिलो लेगमा खेल ३-० ले जितेको आर्सेनलले एग्रीग्रेटमा ४-२ ले नतिजा आफ्नो पक्षमा पार्दै अर्को चरण प्रवेश गरेको हो।
स्विडेनमा भएको पहिलो लेगको खेलमा ३-० ले विजयी भएको आर्सेनलले दोस्रो लेगमा सुरुआती ११ दोस्रो रोजाईको खेलाडीहरुलाई प्रथामिकता दिएको थियो । खेलको २२ औ मिनेटमा भ्रमण टोलीका होसाम आइश र २३ औँ मिनेटमा केन सोमाले गोल गरेपछि अर्सेनल २-० ले पछि परेको थियो । खेलको ४७ औँ मिनेटमा कोलासिनाचले गोल गर्दै नतिजा २-१ बनाए ।
गए रातिनै भएको अर्को खेलमा केभिन गामियेरोको १ गोलको मदतले एफसी कोभेनहेगन विरुद्ध १-० ले जित हात पर्दै एट्लेटीकोपनि अन्तिम १६मा प्रवेश गर्न सफल भयो । एट्लेटीकोले एफसी कोभेनहेगनलाई एग्रीग्रेटमा पनि ५-१ ले पछि पार्यो ।
अर्को खेलमा जर्मन टोली बोरुसिया डर्टमुण्डले इटालियन टोली एट्लान्टासँग १-१ को बराबरी खेलेपनि अर्को चरणमा प्रवेश गर्न सफल रह्यो ।पहिलो लेगमा घरेलु मैदानमा ३-२ ले विजयी डर्टमुण्डका लागि गए रातिको खेलमा मार्सल स्मेल्जरले गोल गरे भने घरेलु टोलीका तर्फबाट ब्राजिलियन राफेल टोलोईले गोल गरे ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]