7 years ago
February 22, 2018
विनोदबाबु रिजाल
चितवन– नेपाल एपिएफ क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।
भरतपुर फुटबल क्लबलाई बिहीबार १–० ले हराउँदै एपिएफ अन्तिम आठमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफका लागि खेलको दशौं मिनेटमा श्याम नेपालीले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
एपिएफले सेमिफाइनल प्रवेशका लागि शनिबार साविक विजेता सिएमजी क्लब संकटाको सामना गर्नेछ । प्रतियोगितामा पहिलो चरणको अन्तिम खेलमा शुक्रबार ए डिभिजनको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले सुदूरपश्चिम ११ को सामना गर्नेछ । यसले नै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ ।
प्रतियोगितामा कूल १२ टिमको सहभागिता छ । चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]