7 years ago
February 22, 2018
हेटौंडा (हाम्रो खेलकुद)– तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सीएमजी संकटालाई २-० ले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निर कुमार राई घोषित भए । शनिबार हुने फाइनल खेलमा उपाधीका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
विजय यूथ क्लब बिरुद्ध ३-० को प्रभावशाली जित हात पार्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको नेपाल पुलिस क्लबले आजको सेमिफाइनल खेलमा पनि सुरुआतमै अग्रता लिन सफल भएको थियो। खेलको १९ औँ मिनेटमा सुमान लामाले मिलाएको पासलाई हेड गर्दै दिनेश राजबंशीले गोल गरेका थिए ।
दोस्रो हाफको सुरुआतमा संकटा केहि आक्रामक देखिएपनि खेलमा फर्किन सकेन। ४९ औँ मिनेटमा संकटाका सेड्रिक अबाले गरेको हेडर पुलिसका किपर सत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए । बिपक्षी थप खतरनाक देखिनु अघिनै निरकुमार राईले २ रक्षकलाई छाल्याउदै उत्कृष्ट गोल गरेपछि पुलिसको अग्रता दोब्बर भएको थियो । उक्त गोलपछि संकटाले खेलमा फर्किने कुनै मौका नपाएपछि नेपाल पुलिसले २-० ले खेल जितेको हो ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]