default_image

7 years ago

February 21, 2018

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा, मनाङ पराजित

89 views

0 Bookmark

अमृत चिमोरिया
हेटौंडा – त्रिभुवन आर्मी टुबोर्ग तेस्रो हेटौंडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो । जर्ज प्रिन्स कार्कीले खलेको अन्तिम मिनेटमा गरेको गोलले आर्मी फाइनलमा पुग्न सफल भएको हो ।

गोल गरेपछि आर्मीका खेलाडी । फाइनल तस्बिर

गत महिना धनगढीमा नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप जितेयता आर्मी केही प्रतियोगितामा कमजोर देखिएको थियो । हेटौंडापछि आर्मी मदन स्मृति इटहरी गोल्ड कप र पोखराको आहा रारा गोल्ड कपमा सेमिफाइनल पुग्न सकेन ।

तर, गत साता रुस्लान नवौं सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्दै आर्मी पुन लयमा फर्केको छ । वर्षको सर्वाधिक सफल टोली आमीले यो सिजन ५ वटा उपाधि जितिसकेको छ । यो वर्ष हेटौडा गोल्ड कप टोलीको १० औं प्रतियोगिता हो ।

वीरगन्जमा विशाल स्मृति जित्दै अघि बढेको आर्मीले पुसमा सताक्षी गोल्डकप, मेची नेत्रालय गोल्ड जितेको आर्मीले त्यसपछि खप्तड गोल्ड कप र सिमरा गोल्ड कप जितेको थियो । खेलाडीको चोटका कारण सिमरामा भाग नलिएको मनाङ हेटौंडाबाट फर्केपछि टोली फाइनल पुग्न सकेन ।

गत वर्ष आर्मी र मनाङ नै हेटौडा गोल्डकपको फाइनल पुगेका थिए । जसमा आर्मीले सफलता प्राप्त गरेको थियो । मनाङ यो वर्ष अहिले सम्म दुईवटा उपाधिमा सन्तोष मान्नु परेको छ । भदौमा जेसिस कप जितेको टोलीले त्यसपछि दुहवी गोल्डकपको उपाधि जितेका थिए । आर्मी र मनाङले यसअघि सताक्षी, काकरभिट्टा र दुहवीमा फाइनल खेलेका थिए ।

हेटौंडा गोल्डकपको दोस्रो सेमिफाइनल बिहीबार
पुलिसविरुद्ध सिएमजी क्लब संकटा

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

Success

Thank you for your time.