default_image

7 years ago

February 20, 2018

किरण सम्मिलित मिनेर्भा पराजित

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी हिरो आइ लिग अन्तर्गत नेपाली गोलकिपर किरण लिम्बु सम्मिलित मिनेर्भा पञ्जाब गोकुलम केरलासँग १-० ले पराजित भएको छ । किरण आज टोलीको सुरुवाती ११ मै सामेल थिए ।

दोस्रो स्थानमा रहेको मिनेर्भालाई आज आठौं स्थानमा रहेको गोकुलम केरलाविरुद्ध जित दर्ता गर्दै अग्रस्थानमा उक्लिने मौका थियो । तर नतिजा सोचे अनुरुप नहुँदा मिनेर्भाको उपाधि सम्भावना केहि कम भएको छ ।

पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा गोकुलमले मिनेर्भालाई दबावमा राख्न सफल भएको थियो । पाहुना टोली गोकुलमको दुई प्रहार क्रसबारमा पनि लागेको थियो ।

तर खेलको ७५ औं मिनेटमा गोकुलमका हेनरी किसेकाको ओभरहेड किकलाई किरणले बचाऊ गर्न सकेनन् र सो गोल नै खेलमा निर्णायक सावित भयो । खेलको अन्तिम मिनेटमा किरण आफैं टोलीको कर्नरमा अगाडि बढ्दै हेडर गर्दा उनको प्रहार थोरै बाहिरिएको थियो।

यस जितसँगै गोकुलम लिगको छैटौं स्थानमा उक्लेको छ । मिनेर्भाको भने १५ खेलमा २९ अंक रहेको छ । अग्रस्थानमा रहेको निरोकाको १७ खेलमा ३१ अंक रहेको छ ।

January 22, 2025

एन्फाद्वारा महिला लिग प्लेअफको समय पुन: परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणको खेलहरुको समय पुन: परिवर्तन गरेको छ । यसअघि एन्फाले अन्तिम चरणको खेल तालिका सार्वजनिक गर्दा प्लेअफ चरणका सम्पूर्ण खेलहरु दशरथ रंगशालामा गर्ने सार्वजनिक गरेको थियो । प्लेअफका सबै खेल दिउँसो २ बजे गर्ने एन्फाले तोकेको थियो । तर दशरथ […]

January 22, 2025

लिभरपुल अपराजित रहँदै अन्तिम १६ मा

एजेन्सी – इंग्लिस प्रिमियर लिग टोली लिभरपुल युरोपियन च्याम्पियन्स लिगमा अपराजित रहँदै अन्तिम १६ मा पुगेको छ । लिभरपुलले मंगलवार फ्रेन्च टोली लिललाई २-१ ले हरायो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र हार्भे एलिओटले समान एक गोल गरे । लिलका जोनाथन डेविडले एक गोल फर्काएका हुन् । लिभरपुलले खेलको ३४औं […]

January 22, 2025

बार्सिलोनाको रोमान्चक जित

एजेन्सी – दोस्रो हाफमा उत्कृष्ट पुनरागमनका‌ साथ बार्सिलोनाले मंगलवार च्याम्पियन्स लिगमा बेन्फिकालाई ५-४ ले पराजित गरेको छ । राफिन्हाले इन्ज्युरी समयको छैटौं मिनेटमा बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए। भानगिलिस पाभ्लिडिसले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दै बेन्फिकालाई ३-१ को अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन। बार्सिलोनाका लागि रोबर्टो लेवान्डोस्की र राफिन्हा समान २ तथा इरिक […]

Success

Thank you for your time.