7 years ago
February 20, 2018
लन्डन (एजेन्सी)– चेल्सीका फरवार्ड पेड्रोले लियोन मेस्सीको खुलेर प्रशंसा गर्दै विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । तर, सँगै उनले मेस्सी जित्नै नसक्ने खेलाडी नभएको धारणा पनि राखेका छन् । बार्सिलोनाको एकेडेमीका उत्पादन पेड्रोले आठ बर्ष त्यहि क्लबमा बिताएका थिए । स्पेनमा हुँदा मेस्सीसँगै उनले टोलीलाई थुप्रै उपाधि पनि दिलाएका थिए ।
३० वर्षे पेड्रोको टोलीले मंगलबार पूर्व क्लब बार्सिलोनाको सामना गर्नुअघि उनले पूर्व सहकर्मीको प्रशंसा गरेका हुन् । चेल्सी मेस्सीलाई रोक्ने सक्नेमा पेड्रो आशावादी पनि छन् । अर्जेन्टिनी सुपरस्टार मेस्सीले अहिले सम्म चेल्सीसँगको ८ भेटमा गोल गर्न भने सकेका छैनन् ।
‘मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् । तर, जित्नै नसकिने होइनन् । निश्चय नै यो बार्सिलोना टोली हो र त्यो टोलीमा मेस्सी छन्,’ उनले भने, ‘उनलाई रोक्न निकै कठिन छ, किनकी उनी छिट्टो छन्, चलाख छन् । तर असम्भव केही छैन ।’
पेड्रोले मेस्सीलाई अर्कै स्तरको खेलाडीको संज्ञा दिए । ‘उनले जे गर्न सक्छन् त्यो अरुले सक्दैन । यहि कारणले उनलाई विशेष बनाएको छ,’ उनले भने, ‘मेरा लागि पनि विशेष छन् । मैले भविष्यमा मेरो छोरालाई भन्नुपर्दा इतिहासमा उनी सबैभन्दा राम्रो खेलाडी भन्ने छु ।’
चेल्सी र बार्सिलोनाबीचको प्रतिस्पर्धा सधै उत्साहजनक हुँदै आएको छ । त्यस्तै विवादस्पद पनि । बार्सिलोना यति बेला फर्ममा छ तर घरेलु मैदानमा चेल्सीले पनि यसै हार मान्ने छैन ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोलीबिचको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा आर्मीले पुलिसलाई १-० ले हराएको हो। बराबरी उन्मुख खेलमा क्लोज रेनजबाट अमिषा कार्कीको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले रोकेकी थिइन् । उषाले […]
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]