7 years ago
February 20, 2018
हेटौंडा (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर कर्ण लिम्बु तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा सिएमजी क्लब संकटाबाट खेल्ने भएका छन् । आज हुने रुस्लान थ्री स्टार संगको खेलमा झापाका कर्ण उत्रने संकटाका प्रशिक्षक सल्यान खड्गीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् ।
पछिल्लो ४ गोल्डकपको फाइनल खेलेको थ्री स्टार केहि थकित देखिएको छ र आज हुने खेलमा थ्रीस्टारका प्रशिक्षक मेघ राज केसीले आफ्ना केहि नियमित सुरुआत गर्ने खेलाडीलाई बिश्राम दिएर नयाँ खेलाडीहरुलाई उतार्ने जानकारी दिए। ‘लगातारको प्रतियोगिताले खेलाडीमा केहि थकान त छ,’ उनले भने,’ तर हामीसंग केहि राम्रा युवा खेलाडीहरु छन्। आज हामी उनीहरुलाई आफुलाई साबित गर्ने मौका दिनेछौ।’ थ्री स्टार क्लबले यस वर्ष ४ फाइनल खेल्दै २ मा हार बेहोरेको थियो भने २ मा जित हात परेको थियो।
अघिल्लो साता सिमरा गोल्डकपको पहिलो चरणमै वीरगन्ज युनाइटेडसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको संकटा क्लबका प्रशिक्षक खड्गी आजको खेलको लागि आशावादी देखिएका छन् । ‘सिमरामा खेले भन्दा दुई नयाँ खेलाडी थपिएका छन्। कर्ण हेटौंडा आइसकेका छन्’, उनले भने, ‘त्यसैले सफल नतिजाको आशा राखेका छौं ।’ यो सिजन सिएमजी क्लब संकटा क्लबले २ फाइनल खेल्ने क्रममा १ मा जित हात पारेको थियो।
तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको यो चौथौ क्वार्टर फाइनल खेल हो र यस खेलको विजेताले दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ। थ्री स्टारले साढे १ बर्ष पछि पुनरागमन गर्दा यि दुई टोलीले एक आपसमा खेल्न लागेको पहिलो पटक हो ।
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]