default_image

7 years ago

February 20, 2018

आर्मीका कप्तान भरत चोटग्रस्त

77 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले चोटका वावजुद सोमबारको खेल पुरै खेले । तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सुदूरपश्चिमविरुद्धको क्वाटरफाइनलमा टाउकोमा चोट लागेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा बल चेज गर्ने क्रममा विपक्षी खेलाडीसँग ठोक्किदा चोट लागेको थियो ।  

दोस्रो हाफमा टाउकोमा पट्टि लगाउँदै मैदानमा उत्रेका भरतले नवयुग श्रेष्ठको गोलका लागि पास समेत मिलाएका थिए । टाउकोको चोटमा अझै दुखाई बाँकी रहेपनि सेमिफाइनल खेल्न कुनै बाधा नहुने भरतले बताए । राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका उनले भने, सुरुमा निकै दुखेको थियो । तर चोट गम्भिर छैन । मेडिकल टिमले चोट खासै ठूलो नभएको र खेल्न बाधा नहुने बताएको छ ।

पछिल्ला केहि खेलमा गोल गर्न असफल भरतले मोफसलका प्रतियोगिताहरुमा आर्मीका लागि फरक भूमिका सहयोग गरिरहेका छन् । आफै गोल गर्न संघर्ष गरिरहँदा टोलीका अन्य खेलाडीलाई गोल गर्न वातावरण मिलाउनमा उनी मेहनत गरेको देखिन्छ ।

टोलीको प्रदर्शनमा खुसी ब्यक्त गर्दै खवासले भने, ‘म अहिले व्यक्तिगत गोल गर्न भन्दा पनि टिमको सफलताको लागि खेलिरहेको छु । आर्मीको अग्रपंक्ति उत्कृष्ट छ र म टिमलाई लयमा राख्न जुनसुकै पोजिसनमा खेल्न पनि तयार छु ।

हेटौंडा गोल्डकप आर्मीको यो सिजनमा दसौं नकआउट फुटबल प्रतियोगिता हो । गत शनिबार रुस्लान सिमरा गोल्डकपसहित नवीन न्यौपानेको प्रशिक्षणमा रहेको आर्मीले यो सिजन ५ वटा नकआउट फुटबलको उपाधि जितिसकेको छ ।

हेटौैडा गोल्ड कपमा आर्मीसहित अर्को विभागिय टोली नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब अन्तिम चारमा पुगिसकेका छन् । सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो मंगलबार लाग्नेछ । मंगलबार सिएमजी क्लब संकटा र रुस्लान थ्री स्टारबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।

February 7, 2025

‘बी’ डिभिजन लिग ३ महिना चल्ने

काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]

February 7, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार फाइनलमा

हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]

February 7, 2025

संकटालाई हराउँदै थन्डरबोल्ट आहा राराको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]

Success

Thank you for your time.