default_image

7 years ago

February 18, 2018

पुलिस हेटौंडा गोल्ड कपको सेमिफाइनलमा

45 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार प्रभावशाली जित दर्ता गराएको छ । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा पुलिस क्लबले आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० मा जारी प्रतियोगिता आइतबार आहा रारा गोल्ड कपको विजेता पुलिसलाई जित दिलाउन अभिषेक रिजालले २ र अर्को गोल रवि पासवानले गरे । अभिषेकले ११ औं र ४० औं मिनेटमा गोल गरे । रविले ५९ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८१ औं मिनेटमा रक्षक मनोज विष्टलाई रेफ्रिले रातो कार्ड पाएपछि विजय युथले १० खेलाडीमा सिमिति हुँदै खेलको अन्त्य गरेको थियो । उनले पुलिसका प्रिलेन तामाङलाई हातपात गर्न खोजेसँगै रेफ्रिले मनोजलाई रातो कार्ड दिएका हुन् । पुलिसका प्रशिक्षक अनन्तराज थापाले ‘टिमवर्क’को कारण जित सम्भव भएको बताए । हेटौंडाका प्रशिक्षक सुविन घिमिरेले डिफेन्सको कमजोर खेलको कारण हार भएको बताए ।

प्रतियोगिताअन्तर्गत् सोमबार नेपाल आर्मी र सुदुरपश्चिम ११ बीच खेल हुनेछ । फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पाउनेछन् ।

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

Success

Thank you for your time.