7 years ago
February 17, 2018
चितवन (हाम्रो खेलकुद) – विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता फागनु ८ गतेबाट सुरु हुने भएको छ । नारायणगढको क्याम्पाचौरमा विकास शिल्ड समितिले आयोजना गर्ने प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कूल १२ टिम सहभागी हुने प्रतियोगितामा गत वर्षभन्दा पुरस्कार राशी बढाइएको छ । गत वर्ष विजेतालाई ३ लाख रुपैयाँ मात्रै दिइएको यो खेलमा यसपालि ५ लाख दिइनेछ । त्यस्तै गत वर्ष डेढ लाख पाएको दोस्रोले यसपालि साढे २ लाख पाउनेछ । त्यस्तै बेस्ट खेलाडीले ५० हजार पाउनेछन् । प्रत्येक म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पुरस्कार पाउने र प्रि–क्वार्टर र क्वार्टरफाइनल जित्ने टिमले म्याच बोनस १० हजार रुपैयाँ पाउने विकास शिल्ड समिति अध्यक्ष श्याम पियाले जानकारी दिए ।
प्रतियोगितामा देशका ठूला क्लबहरु सहभागी हुँदैछन् । थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा, फ्रेण्ड्स, तीन विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब, भारतको चर्चित क्लब सिक्किम ब्वाईज, सुदूरपश्चिमाञ्चल क्लब र विजय युथ हेटौंडा तथा चितवनका नारायणगढ फुटबल क्लब (एनएफसी) र भरतपुर फुटबल क्लब(बीएफसी)ले सहभागिता जनाउँदैछन् । तिनीहरुलाई दुई समूहमा विभाजन गरिएका छन् ।
विकास शिल्डका लागि क्याम्पाचौरमा निकै सुधार गरिएको छ । खाल्डाखुल्डी र माटोको चौर हरियो पारिएको छ भने निकै मेहनतका साथ सम्याइएको छ । खेल हेर्न गतसाल जस्तै प्याराफिट बनाइएको छ । त्यसमा कम्तीमा १ हजार ८ सय जना दर्शकले एकैपटक खेल हेर्न सक्नेछन् । त्यसका लागि फरक–फरक दरका टिकट व्यवस्था गरिएका छन् । पहिलो चरणमा भन्दा दोस्रो चरणमा टिकटको दर बढी गरिनेछ ।
विकास शिल्ड पहिलोपटक विक्रम संवत २०३१ सालमा गरिएको थियो । २०५७ सालमा ११ औं संस्करण गरिएपछि रोकिएको यो प्रतियोगितालाई गतवर्षबाट फेरि सुरु गरिएको थियो । नयाँ संस्करणमा संकटा गतवर्षको विजेता हो ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]