7 years ago
February 17, 2018
सिमरा (हाम्रो खेलकुद) – आज सम्पन्न नवौं सिमरा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई २-० ले हराएको छ । व्यक्तिगत विधातर्फ पनि आर्मीकै दबदबा कायम रह्यो ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता दिनेश हेन्जनले सिमरा गोल्डकपको उत्कृष्ट खेलाडिको उपाधि पनि जितेका छन् । फाइनलमा १ गोल गरेका दिनेशले प्रतियोगिताभरि कुल ३ गोल गरे । उनले यामाहाको मोटरसाइकल पनि प्राप्त गरेका छन् ।
विजेता भएको त्रिभुवन आर्मी क्लबले ५ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता थ्रीस्टारले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्यो । त्यस्तै फाइनल खेलमा म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ चुनिए । उनले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै अन्य विधातर्फका विजेताले १५ हजार नगद पुरस्कार प्राप्त गरे:
उत्कृष्ट गोलकिपर – विकेश कुथु (आर्मी)
उत्कृष्ट रक्षक – विमल पाण्डे (आर्मी)
उत्कृष्ट मिडफिल्डर – निराजन खड्का (थ्रीस्टार)
उत्कृष्ट फरवार्ड – जर्जप्रिन्स कार्की (आर्मी)
उत्कृष्ट प्रशिक्षक – नबिन न्यौपाने (आर्मी)
फेयर प्ले – नव जनजाग्रिति निलो
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]