default_image

7 years ago

February 17, 2018

उद्घाटन खेलमा मनाङ विजयी

92 views

0 Bookmark

अमृत चिमरिया
हेटौंडा  – तेस्रो हेटौंडा गोल्डकप–२०७४ को उद्घाटन खेलमा एपिएफलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको गोल्डकपको उद्घाटन खेलमा मनाङको लागि खेलको २८ औं मिनेटमा सुजल श्रेष्ठले गरेका पेनाल्टी निर्णायक गोल हुन पुग्यो ।

एपिएफका सुरज गुरुङले मनाङका विदेशी खेलाडी भिक्टरलाई डि बक्स भित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफदी म्याच मनाङका अन्जन विष्ट चुनिए ।

मनाङ सिजनको तेस्रो उपाधी जित्ने होडमा रहेको छ । मनाङले यसअघी चितवनमा जेसिज कप र दुहवी गोल्डकप उपाधी जितिसकेको छ ।

यस प्रतियोगिताको विजेताले नगद ५ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

default_image

February 7, 2025

संकटालाई हराउँदै थन्डरबोल्ट आहा राराको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]

February 7, 2025

आहा राराको पूर्व विजेता संकटा भारतीय क्लबसँग खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं‌ संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

Success

Thank you for your time.