default_image

7 years ago

February 17, 2018

ब्राजिलका प्रशिक्षकले खुलाए विश्वकपमा खेल्ने सुरुवाति ११

65 views

0 Bookmark

लण्डन (एजेन्सी) – ब्राजिलका प्रशिक्षक टिटेले विश्वकपमा आफ्नो रोजाईका १५ खेलाडि हालै घोषणा गरेका छन् । त्यस्तै ती नाम्हरुमध्ये उनले सुरुवाती ११ मा आफुले को-को राख्ने त्यो पनि जानकारी दिएका छन् ।

neymarअघिल्लो विश्वकपमा ब्राजिल निराशजनक तरिकाले सेमिफाइनलमा जर्मनीसँग ७-१ ले पराजित हुँदै बाहिरिएको थियो । त्यो सम्झना बिर्सँदै २०१८ रुस विश्वकपमा ब्राजिलले आफुलाई बलियो रुपमा प्रस्तुत गर्ने होडमा छ । फुटबल विश्लेषकहरुले जर्मनी, फ्रान्ससँगै ब्राजिललाई उपाधि दाबेदारका रुपमा लिएको पनि छ ।

यस बीचमा ब्राजिलियन प्रशिक्षकले आफ्नो रोजाईको सुरुवाति ११ घोषणा गर्दा सो चर्चाको विषय पनि बनेको छ । प्रशंसकहरुले उनको रोजाईलाई मुल्याङ्कन गरी हाल्न पनि समय खर्चेका छैनन् ।

प्रशिक्षकका अनुसार गोलकिपरको स्थानमा उनले रोमाका एलिसनलाई खेलाउने छन् । यस सिजन एलिसनले उच्च प्रदर्शन गर्दै आकर्षक बचाऊहरु गरेका छन् । केहि प्रशंसकहरु भने म्यानचेस्टर सिटीका एडरसन उनको स्थानमा हुनु पर्ने तर्क गरिरहेका छन् ।

त्यस्तै डिफेन्समा रियल म्याड्रिडका मार्सेलो, इन्टर मिलनका मिरान्डा, पिएसजीका मार्क्युनोस र ड्यानी एल्भेस हुनेछन् । यसैगरी थियागो सिल्भाले भने प्रशिक्षकको रोजाईको टोलीमा स्थान पाएका छैनन् । सिल्भा रियल म्याड्रिडविरुद्ध को च्याम्पियन्स लिग खेलमा पनि सहभागी थिएनन् ।

त्यस्तै मिडफिल्डमा रियलकै क्यासेमिरो, बार्सिलोनाका पौलिन्हो र चाइनिज गुआनोका रेनाटो अगस्टो रोजाईमा परेका छन् । चेल्सीका विलियन र सिटीका फर्नान्डिन्हो भने अहिलेसम्म प्रशिक्षकको पहिलो रोजाईमा नरहेको बुझ्न सकिन्छ ।

त्यस्तै प्रशिक्षकको १५ जनाको सुचीमा पिएसजीका नेयमार, बार्सिलोनाका फिलिप कौटिन्हो, सिटीका ग्याब्रियल जेसस र लिभरपुलका फिर्मिनो जस्ता विश्वस्तरिय फरवार्डहरु छन् । तर ४-३-३ फर्मेसन खेलाउने भएकाले सो ४ खेलाडिमध्ये तीनले मात्र सुरुवाती ११ म ठाउँँ पाउनेछन् ।

अहिलेका लागि नेयमार, कौटिन्हो र जेसस आफ्नो पहिलो रोजाई रहेको प्रशिक्षक टिटेले खुलाएका छन् । तर फिर्मिनो यस सिजन आकर्षक लयमा छन् र जेसस चोटका कारण मैदान बाहिर छन् । फिर्मिनोले आफ्नो लयलाई निरन्तरता दिए पक्कै उनले प्रशिक्षकको नजरमा आफूलाई पहिलो रोजाईमा स्थापित गर्ने छन् ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.