default_image

7 years ago

February 17, 2018

रुस्लान सिमरा गोल्डकप फाइनल: पहिलो हाफ थ्रीस्टार ०-० आर्मी

62 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद)– छैठौं संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भैरहेको छ। सिमरा रंगशालामा जारी फाइनल खेलको पहिलो हाफ समाप्त हुँदासम्म दुवै टोली गोल गर्न असफल छन्।

सिजनको आफ्नो ५ औँ र तेस्रो उपाधीको खोजीमा रहेको आर्मी र थ्रीस्टार दुवै टोलीले पहिलो हाफमा पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा खेलमा आग्रता लिन सकेन। खेलको १४ औँ र ४५ औँ मिनेटमा थ्रीस्टारका सुनिल बलले प्रहार गरेको बल आर्मीका किपर विकेश कुथुले सहज ढंगले बचाएका थिए भने २१औ मिनेटमा निराजन खड्काले प्रहार गरेको बल पोष्टको नजिकबाट बाहिरिएको थियो।  आर्मीका प्रिन्स जर्ज कार्की र भरत खवासले मौका सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुकेको थियो ।

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

Success

Thank you for your time.