default_image

7 years ago

February 17, 2018

ला लिगामा बार्सिलोना एबारको सामना गर्दै

64 views

0 Bookmark

एबार (एजेन्सी) – स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना आज सातौं स्थानमा रहेको टोली एबारसँग भिड्दै छ । एबारको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ९ बजे सुरु हुने छ ।

बार्सिलोनाका लागि डिफेन्डर सामुयल उम्टिटी चोटबाट फर्केका छन् र जेरार्ड पिकेलाई डिफेन्समा साथ दिन उत्रिनेछन् । यसैगरी विन्टर ट्रान्सफर विन्डोमा भित्रिएका फिलिप कौटिन्हो पनि टोलीमा समावेश हुनेछन् ।

उनले मिडफिल्डमा आन्द्रेस इनिएस्टा, इभान राकिटिच र सर्जियो बुस्केट्सलाई साथ दिने छन् । अग्रपंक्ति लियोनल मेस्सी र लुइस स्वारेजले नै सम्हाल्ने छन् ।

अर्को तर्फ घरेलु टोली एबार पनि अहिले राम्रो लयमा रहेको छ । उसले लिगका दुई पछिल्ला खेल जितेको छ । त्यस्तै पछिल्ला १२ लिग खेलमा एबारले केवल १ खेलमा पराजय भोगेको छ जुन एट्लेटिको म्याड्रिड विरुद्ध आएको थियो ।

बार्सिलोना भने लिगका पछिल्ला ३० खेलमा अपराजित छ । एबारविरुद्ध पछिल्ला ७ खेलमा बार्सिलोनाले सबैमा जित दर्ता गरेकाले आज पनि सो लय कायम रहने सम्भावना धेरै देखिन्छ ।

January 16, 2025

एन्फा महिला लिगमा आर्मीसँग पुलिस हार

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोलीबिचको प्रतिस्पर्धा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार इन्ज्युरी समयमा भएको आत्मघाती गोलमा आर्मीले पुलिसलाई १-० ले हराएको हो। बराबरी उन्मुख खेलमा क्लोज रेनजबाट अमिषा कार्कीको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले रोकेकी थिइन् । उषाले […]

January 16, 2025

आर्मी र पुलिस तेस्रो पटक खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]

January 16, 2025

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्‍वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]

Success

Thank you for your time.