default_image

7 years ago

February 17, 2018

रियल म्याड्रिडको ध्यान ह्यारी केनतर्फ

52 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – घरेलु सिजनमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको रियल म्याड्रिडले सिजनको अन्त्यमा क्लबमा केहि ठुला नामहरु भित्राउने पक्का छ । रियल अहिले टोटनह्याम तथा इङ्ग्ल्यान्डका स्ट्राइकर ह्यारी केनलाई विश्वकप अघि नै आबद्ध गर्ने होडमा रहेको छ ।

ह्यारी केन यस सिजन आकर्षक लयमा छन् । प्रिमियर लिगमा केनले सर्वाधिक २३ गोल गरेका छन् । २०१७ भरि सबै प्रतियोगितामा ५६ गोल गर्दै उनले बार्सिलोनाका लियोनल मेस्सी र रियलकै क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका थिए ।

ला लिगामा रियल अग्रस्थानमा रहेको आफ्नो चिरपरिचित प्रतिद्वन्दि बार्सिलोनासँग १७ अंकले पछाडि रहेको छ । रियलले अर्को सिजनका लागि पिएसजीका स्टार नेयमार र चेल्सीका एडेन हाजार्डलाई पनि भित्राउन सक्ने सम्भावना रहेको जनाइएको छ ।

केनले क्रिस्टियानो रोनाल्डोको फोन नम्बर लिएर उनीसँग आफ्नो भविष्यको बारेमा छलफल गरेको इङ्ग्लिस पत्रिका डेलि स्टारले जनाएको थियो । केन र रियल म्याड्रिडको कुराकानी सुरु भइसके पनि टोटनह्याम भने आफ्नो स्टार खेलाडि क्लबमै रहनेमा विश्वस्त रहेको छ ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.