default_image

7 years ago

February 17, 2018

चेल्सी ४-० ले विजयी, लेस्टरको कठिन जित

48 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस एफए कप अन्तर्गत शुक्रबार चेल्सीले तल्लो श्रेणीको क्लब हल सिटीलाई ४-० ले पराजित गरेको छ ।

खेलको दोस्रो मिनेटमै खाता खोल्दै पहिलो हाफमा चार गोल गरेको चेल्सीले दोस्रो हाफमा कुनै गोल थप्न सकेन । विलियनले सुरुवाती अग्रता दिलाएको २५ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । लगत्तै विलियनले व्यक्तिगत दोस्रो गोल गरे ।

अोलिभिएर जिरुडले ४१ अौं मिनेटमा एमरसनको पासमा चौथो गोल गरेपछि चेल्सीले चार गोलको अग्रता लिएको थियो । सहज खेल भएका कारण प्रशिक्षक एन्टोनियो कोन्टेले ठूला खेलाडीलाई विश्राम दिएका थिए ।

अर्को खेलमा लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० ले हरायो । लेस्टरको जितमा जेमी भार्डीले ६६ अौं मिनेटमा गरेको गोल निर्णायक सावित भयो ‌। उनले रियाद माहरेजको पासमा गोल गरेका थिए ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.