default_image

7 years ago

February 16, 2018

मकवानपुर पत्रकार टोली विजयी

73 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – बाराको सिमरामा आज मैत्रीपूर्ण खेलमा मकवानपुरको पत्रकार टोलीले बाराको पत्रकार टोलीलाई हराएको छ । सिमरा रंगशालामा भएको ६० मिनेटको खेलमा मकवानपुरले बारा पत्रकार टोलीलाई लाई ५–० ले हरायो ।


मकवापुरको जितमा बुद्ध श्रेष्ठले ४ र सुवास बिडारीले १ गोल गरे । बारा पत्रकार दिवाकर भण्डारी र मकवानपुर पत्रकार प्रताप बिष्टकोे कप्तानीमा उत्रिएको थियो । मकवानपुर टोलीलाई लाई आयोजकको तर्फबाट पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले मायाको चिनो प्रदान गरे ।

February 7, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार फाइनलमा

हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]

February 7, 2025

संकटालाई हराउँदै थन्डरबोल्ट आहा राराको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]

February 7, 2025

आहा राराको पूर्व विजेता संकटा भारतीय क्लबसँग खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं‌ संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]

Success

Thank you for your time.