default_image

7 years ago

February 16, 2018

हरिहरपुरगढीलाई बाग्मती गोल्डकप फुटबल उपाधि

58 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – सिन्धुलीको हरिहरपुरगढी गाँउ पालिकलकाले बाग्मती गाँउपालिका गोल्डकप फुटबल प्रतियोगितको उपाधि जितेको थियो । फापरबारीमा भएको फाइनलमा राईगाँउ युवा क्लबलाई १–० ले हराउँदै हरिहरपुरगढी विजयी भएको हो ।


बाग्मती गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख, दोस्रो भएको टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे । ३ नम्बर प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

माघ २६ गते सुरु भएको प्रतियोगितामा बाग्मती, बकैया, खानीखोली, हरिहरपुर, श्रृजनशिल समाज, हेटौंडा एकेडेमी, राई गाँउ, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लब गरि ११ टोलीको सहभागिता रहेको थियो ।

मकवानपुरमा स्थानीय तह सञ्चालित पहिलो फुटबल प्रतियोगितामा रौतहट,सिन्धुली,सर्लाही,काभ्रेका टोलीको पनि सहभागिता थियो ।

February 7, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार फाइनलमा

हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]

February 7, 2025

संकटालाई हराउँदै थन्डरबोल्ट आहा राराको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]

February 7, 2025

आहा राराको पूर्व विजेता संकटा भारतीय क्लबसँग खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं‌ संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]

Success

Thank you for your time.