default_image

7 years ago

February 16, 2018

अन्जन र विशाल मनाङसँग आबद्ध

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका विंगर अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध भएका छन् । यसअघि नेपाल एपिएफका खेलाडी अन्जनसहित विशाल श्रेष्ठ, रुपेश केसी र निरज बस्नेतलाई मनाङले आबद्ध गरेको हो । 

राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई र रुपेश केसी लाई क्लबले पुन: अनुबन्ध गरेको छ । करिब दुई वर्ष अघि राष्ट्रिय लिग दौरान सुदुर पश्चिम विरुद्धको खेलमा घाइते भएका विशाल त्यसयता विभिन्न क्लबबाट खेल्दै आएका थिए । गत चैत्रमा माईभ्याली गोल्ड कपमा संकटाबाट खेलेका उनले यसअघि सिमरा गोल्ड कपमा आयोजक नव जन जागृती युवा क्लबबाट खेलेका थिए । रुपेशले भने विगत केहि प्रतियोगितामा संकटाको प्रतिनिधित्व गरिरहेका छन् । त्यस्तै यू-२३ राष्ट्रिय टोलीका डिफेन्डर निरज बस्नेतले भने सिमरा गोल्ड कपमा मोरङ फुटबल कल्बबाट खेलेका थिए ।

इटहरी गोल्ड कपमा थ्री स्टारसँग फाइनलमा पराजित मनाङ पोखरामा सम्पन्न आहा-रारा गोल्ड कपको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित भएको थियो । धरानको बुढासुब्बा गोल्ड कपको पनि पहिलो खेलमा संकटासँग पराजित भएपछि मनाङले सिमरा गोल्ड कपबाट नाम फिर्ता लिएको थियो । त्यस समय चोटको कारण देखाएको मनाङले शनिबार हेटौंडा गोल्ड कपको पहिलो खेलमा नेपाल एपिएको सामना गर्दै छ । मनाङमा राष्ट्रिय टोलीका सुजल श्रेष्ठ, विशाल राई लगायतका खेलाडी लामो समयदेखि खेल्दै आएका छन् ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.