7 years ago
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नयाँ अनुहार आउने निश्चित भएको छ । अर्को महिना हुने एन्फा अध्यक्षको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुने भएकोले एन्फा अध्यक्षमा नयाँ अनुहार आउने पक्का भएको हो ।
एन्फाका वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले कुवँरलाई र अध्यक्षको उम्मेदवारी घोषणा गरेका कृष्ण थापाले शर्पालाई समर्थन गरेसँगै अब एन्फा अध्यक्षमा २ जनाका बीचमा प्रतिस्पर्धा हुनेछ । अर्का अकांक्षीका रुपमा हेरिएका एन्फाका पूर्व प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले पनि यसपटक शेर्पालाई समर्थक गरेका छन् । उनी यसअघि संस्थापन पक्षका मुख्य व्यक्ति रहेका थिए ।
गत साता उम्मेदवारी घोषणा गरेका शेर्पा आज उम्मेदावरी दर्ता गर्दैछन् । उम्मेदवारी दर्ता पछि कुवँरले आज दिउँसो घोषणा सभा गर्ने तयारी गरेका छन् । चैत १४ गते का लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको आज अन्तिम दिन हो । अध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा भएपनि दुवै आकांक्षीले आन्तरिक रुपमा प्यानल बनाएका छन् । शर्पाले आफ्नो प्यानल बन्ने घोषणा गरिसकेका छन् भने कुवँरले पनि आज आफ्नो मात्र उम्मेदवारी सर्वाजनिक गर्ने भएपनि प्यानल बन्ने सम्भावना स्वीकारे ।
विगतमा १७ सदस्यीय कार्यसमितिका लागि ६० जना सम्मको उम्मेदवारी पर्ने गरेको एन्फामा अन्त्यमा सर्वसम्मत नेतृत्व चयन हुने परम्परा थियो । तत्कालिन एन्फा अध्यक्ष गणेश थापाको बहिर्गमनसँग एन्फाको सर्वसम्मतको अन्त्य भइसकेको छ र प्रतिस्पर्धा सुरु भइसकेको छ । गत वर्ष थापालाई फिफाले १० वर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँको जरिवाना तोकेपछि पहिलो पटक गत वर्ष अध्यक्ष र एक उपाध्यक्षमा बाँकी कार्यकालका लागि निर्वाचन भएको थियो ।
गत वर्ष मंसिरमा उपाध्यक्षमा राजीनामा दिदै शर्पाले अध्यक्षमा नरेन्द्र श्रेष्ठसँग प्रतिस्पर्धा गरेका थिए । रिक्त उपाध्यमा कुवर, उपेन्द्रमान सिंह र दीपक खाती उपाध्यक्षमा लडेका थिए । जसमा संस्थापन पक्ष श्रेष्ठ र कुँवर निर्वाचित भएका थिए । गत वर्ष ५ मतले पराजित भएका शर्पाकै समूहबाट उपेन्द्रमान यसपटक पुनः उपाध्यक्षमा निर्वाचन लड्ने तयारीमा छन् ।
अध्यक्ष श्रेष्ठले भने आफ्नो समर्थन कुवरलाई रहने बताएका छन् । ‘हामीले सुरु गरेका कतिपय काम पुरा गर्न पनि संस्थापनकै उम्मेदवारलाई मेरो समर्थन हुनेछ,’ श्रेष्ठले भने, ‘म यसपटक उम्मेदवार बन्दिन । श्रेष्ठले प्रतिस्पर्धा दुई समूहकैबीचमा हुने सम्भावना रहेको बताए ।’
शेर्पाको समूहबाट पंकज नेम्बाङ, उपेन्द्रमान, वीरबहादुर खड्का, कृष्ण थापालगायतले उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना रहेको बताइएको छ । कुँवर समूहबाट गणेश चन्द, गणेश भट्टराईलगायतलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । सदस्यमा भने दुवैतर्फ आकंक्षी धेरै रहेको बुझिएको छ ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]