default_image

7 years ago

February 15, 2018

फिफा वरियतामा नेपाल १ सय ६५ औं स्थानमा यथावत

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल अघिल्लो महिना सरह १ सय ६५ औं स्थानमा रहेको छ । विश्वको शीर्ष १७ टोलीमा पनि केहि परिवर्तन छैन ।

दुई महिना अघिको वरियतामा १ सय ७१ औं स्थानमा रहेको नेपाल अघिल्लो महिना ६ स्थान माथि उक्लिँदै १ सय ६५ औं स्थानमा पुगेको थियो । यस महिना भने नेपालले आफ्नो सो वरियता कायम गरेको छ ।

दक्षिण एसियामा पनि नेपाल चौथो स्थानमै रहेको छ । भारत १ सय २ स्थानमा रहेको छ भने अफगानिस्तान १ सय ४८ औं स्थानमा यथावत रहँदै दक्षिण एसियामा दोस्रो स्थानमा छ । त्यस्तै माल्दिभ्स १ सय ५० औं स्थानमा रहेको छ । नेपालभन्दा कम वरियता भएका दक्षिण एसियाली मुलुकमध्ये भुटान १ सय ८८ औं स्थानमा, बंगलादेश १ सय ९७ औं स्थान, श्रीलंका २ सयौं स्थान र पाकिस्तान २ सय ३ औं स्थानमा रहेका छन् ।

विश्व वरियतामा शीर्ष १७ सम्म कुनै परिवर्तन भएको छैन । शीर्ष वरियतामा विश्वविजेता जर्मनी रहेको छ । ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली शीर्ष १० स्थानमा रहेका छन् । पेरु, डेनमार्क, कोलम्विया, इटाली, क्रोएसिया, इङ्ग्ल्यान्ड र मेक्सिको ११ देखि १७ औं स्थानमा यथावत रहेका छन् ।

सबैभन्दा बढि वरियता खस्किने देशमा इजिप्ट रहेको छ । ३० औं स्थानमा रहेको इजिप्ट यो महिना ४३ औं स्थानमा पुगेको छ । त्यस्तै वरियतामा सबैभन्दा धेरै माथि चढ्ने देशमा कङ्गो रहेको छ । अघिल्लो महिना ९६ औं स्थानको कङ्गो अहिले ८८ औं स्थानमा पुगेको छ ।

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

Success

Thank you for your time.