default_image

7 years ago

February 15, 2018

हेटौंडा गोल्डकप शनिबार सुरु हुँदै, पहिलो खेलमा मनाङ र एपिएफ भिड्ने

56 views

0 Bookmark

अमृत चिमरिया
हेटौंडा  – यो साता सुरु हुने तेस्रो टुबोर्ग हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक प्रतिष्ठानले जनाएको छ । आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गोल्ड कप तयारी पुरा भएको जानकारी दिएको हो ।

कृषि तथा वन विज्ञान अध्ययन संस्थान हेटौंडाको खेल मैदानमा शनिबार हुने उद्घाटन खेल लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र नेपाल एपिएफ क्ल्बबीच हुनेछ । प्रतियोगिताको दोस्रो दिन घरेलु टोली विजय युथ क्लब र आहा रारा गोल्ड कप विजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै फागुन ७ गते साविक विजेता त्रिभुवन आर्मी र सुदूरपश्चिम ११ ले एक अर्काको सामाना गर्नेछन् । यो वर्ष दुई उपाधि जितिसकेको रुस्लान थ्री स्टार क्लबले फागुन ८ गते अर्को डिभिजन टोली सिएमजी क्लब संकटाको सामाना गर्ने प्रतियोगिताका संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले बताए ।

८ टोलीको सहभागिता रहेको प्रतियोगिता फाइनल फागुन १२ गते हुनेछ । ३ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ ।

February 7, 2025

आहा राराको पूर्व विजेता संकटा भारतीय क्लबसँग खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं‌ संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

February 7, 2025

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, टोरेसको ह्याट्रिक

एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]

Success

Thank you for your time.