default_image

7 years ago

February 15, 2018

च्याम्पियन्स लिग- लिभरपुलको जितमा मानेको ह्याट्रिक

48 views

0 Bookmark

पोर्टो (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को खेलमा लिभरपुलले पोर्चुगेली टोली पोर्टोको घरेलु मैदानमा ५-० को विजयी नतिजा निकालेको छ । पहिलो लेगको खेलमा सेनेगलका फरवार्ड साडियो मानेले ह्याट्रिक गरे भने रोबर्टो फर्मिनो र मोहमद सालाहले पनि गोल गरे । घरेलु मैदानमा पोर्टोको युरोपेली खेलमा इतिहास कै अहिलेसम्मको फराकिलो हार हो । 

Mane

खेलको सुरुआतमा पोर्टो बलियो देखिए पनि लिभरपुलले २५ औं मिनेटमा मानेको गोलबाट अग्रता लियो । मानेको प्रहारमा पोर्टोका गोल किपर भाना अल्भेस चुकेपछि लिभरपुलले अग्रता लियो । खेलको २९ औं मिनेटमा जेम्स मिल्नरको उत्कृष्ट प्रहार फार पोस्टमा लागेर फर्किएपछि पाएको बललाई राम्रोसंग नियन्त्रणमा लिँदै सालाहले लिभरपुलको अग्रता दोब्बर गरे ।

पहिलो हाफमा २-० को अग्रता लिएको भ्रमणकारी टोली लिभरपुलले दोस्रो हाफमा थप ३ गोल गर्यो । फर्मिनोको प्रहार गोल किपर अल्भेसले रोकेपछि पाएको बललाई सहजे ट्याप गर्दै मानेले ५३ औं मिनेटमा गोल गरे । फर्मिनोले ६९ औं मिनेटमा लिभरपुलको चौथो गोल गरे भने मानेले ८५ औं मिनेटमा बक्स बाहिरबाट गोल गर्दै ह्याट्रिक पुरा गरे ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.