default_image

7 years ago

February 15, 2018

पिएसजी विरुद्ध रियल विजयी , रोनाल्डोको दुई गोल

47 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने मार्सेलोले पनि रियलका लागि गोल गरे ।

ronaldo

बहुप्रतिक्षित खेलमा पिएसजीका २२ वर्षीय मिडफिल्डर एडरिएन र्याबियटले भ्रमणकारी टोलीलाई अग्रता दिलाएपनि रोनाल्डोले ४५ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गरे । लो सेल्सोले टोनी क्रुसलाई लडाएपछि पाएको पेनाल्टी मार्फत रोनाल्डोले गोल गरेका थिए । त्यो गोल रोनाल्डोको च्याम्पियन्स लिगमा रियलका लागि १ सय औं गोल थियो ।

त्यस्तै दोस्रो हाफमा रोनाल्डो र मार्सेलोले ८३ र ८६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३-१ को अग्रता दिलाए । दोस्रो लेगमा पिएसजीले रियललाई मार्च ७ मा निम्त्याउने छ ।

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

Success

Thank you for your time.