default_image

7 years ago

February 14, 2018

रुस्लान थ्री स्टार सिमरा गोल्डकपको फाइनलमा

36 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद )- रूस्लान थ्री स्टार क्लब रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

तस्बिर : विवेक सुवेदी/हाम्रो खेलकुद

सिमरा रंगशालामा बुधबार मोरङ फुटबल क्लबलाई ४- २ ले हराउँदै थ्री स्टार सिमरा गोल्डकपको उपाधि नजिक पुगेको हो ।

चार हप्तामा थ्री स्टार चौथो गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । आज थ्री स्टारको जितमा सुनिल बलले २, विष्णु गुरुङ र अनन्त तामाङले १/१ गोल गरे । खेलको अन्त्यतिर कर्ण लिम्बुले मोरङका लागि २ गोल फर्काए ।

विष्णुले २४ औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई अघि बढाए भने सुनिलले ३८ औं मिनेटमा गोल गरे । सुनिलले ४९ औं मिनेटमा अर्को गोल थपे । ७७ औं मिनेटमा अनन्तले गोल गरे । कप्तान नीराजन खड्काको कर्नरमा अनन्तले हेड गोल गरेका हुन् ।

खेल सकिन १० मिनेट बाँकी रहँदा थ्री स्टार प्रशिक्षक मेघराज केसीले गोलकिपर एलन न्यौपानेको ठाँउमा अर्का गोलकिपरलाई मैदान प्रवेश गराए । त्यसको फाइदा कर्णले उठाए ।

उनले ३ मिनेटको फरकमा २ गोल गर्दै खेललाई रोमांचक मात्र बनाएनन्, थ्री स्टारमाथि दबाव पनि बढाए । कर्णले ८१ औं र ८४ औं मिनेटमा गोल गरेका थिए । तर त्यसपछि मोरङले गोल थप्न सकेन ।

थ्री स्टारले फाइनलमा त्रिभुवन आर्मी वा वीरगन्ज युनाइटेडसँग फाइनल खेल्नेछ । थ्री स्टारले गत महिना ३ फाइनल खेल्दा २ उपाधि जितेको थियो ।

माघ १३ गते मोफसलको सर्वाधिक पुरस्कार राशीको मदन स्मृती इटहरी गोल्डकप जितेको थ्री स्टारले माघ २७ गते धरानमा २० औं बुढासुब्बा गोल्डकपको उपाधि उचालेको थियो । त्यसबीच माघ २० गते पोखराको आहा रारा गोल्डकपको फाइनलमा टोली नेपाल पुलिससँग पराजित भएको थियो ।

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

Success

Thank you for your time.