default_image

7 years ago

February 14, 2018

युभेन्टस टोटनह्यामसँग बराबरीमा रोकियो

50 views

0 Bookmark

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गतको खेलमा इटालियन क्लब युभेन्टस इङ्ग्लिस क्लब टोटनह्यामसँग २ गोलको आग्रता जोगाउन नसक्दा २-२ को बराबरीमा रोकिएको छ । यि दुई टोली बिचको दोस्रो लेग मार्चको ८ तारिखमा संचालन हुनेछ ।

युभेन्टसले पछिल्ला २१ च्याम्पियन्स लिगको खेलमा केवल दुईमा पराजय भोगेको थियो भने टोटनह्यामले रियल म्याड्रिड सम्मिलित समूहमा शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

अर्जेन्टाईन फरवार्ड गोन्जालो हिगुएंनले २’ र ९’ मिनेटमा गोल गर्दै घरेलु टोली युभेन्टसका लागि २-० को अग्रता दिलाएपनि पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेपछि ह्याट्रिकबाट चुकेका थिए। स्पर्सका ह्यारी केनले  ३५ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफ २-१ मा समाप्त भएको थियो। दोस्रो हाफको २७ औँ मिनेटमा एरिक्सनको फ्री-किक सिधै गोलमा परिणत भएपछि खेल २-२ को बराबरीमा पुगेको थियो।

खेलमा हिगुएंनले प्रहार गरेको पहिलो गोल युभेन्टसले सन् १९९७ मा म्यानचेस्टर युनाइटेड विरुद्ध गरेको गोल पछिको सर्वाधिक छिटो गोल हो।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.