default_image

9 years ago

January 10, 2016

पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलिमा किन अटाएनन्?

78 views

0 Bookmark

केहि साता अघि राष्ट्रिय टोलीबाट चोटका कारण हटाईएका देवेन्द्र पछिल्लो हप्ता शनिबार काँकडभित्तामा विर्तामोड युनाईटेडबाट एउटा प्रतियोगिता खेल्दै गरेको भेटिए| त्यसको दुइ दिनपछि, सोमबार  राष्ट्रिय टोलीको प्रशिक्षणमा आएका देवेन्द्रलाई पुन: चोटका कारण देखाउदैं टोलीबाट निकालियो तर शनिबार उनकै गोलको मद्दतले विर्तामोडले प्रतियोगिता जित्यो| पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलीमा किन अनफिट?

IMG_0003

झापा एघार फुटबल क्लबले राष्ट्रिय लिगको पहिलो सहभागितामा उत्कृष्ट प्रदर्शन गर्यो| पहिलो सहभागितामै चौथो स्थान हासिल गर्न सफल रहेको झापाका लागि देवेन्द्र तामाङ्गको प्रदर्शन उत्कृष्ट रह्यो| उनको उत्कृष्ट प्रदर्शनले गर्दा झापाको नतिजा राम्रो भयो नै, साथमा उनले लिगको सर्वोत्कृष्ट डिफेन्डर घोषित भएवापत मोटरसाइकल उपाधि पाए| राष्ट्रिय लिगमा झापाको लागि उनले सबै खेल खेले र कुनै मिनेट गुमाएनन्| १६ मध्ये सम्पूर्ण १६ खेल खेल्नु एक उपलब्धि थियो नै, त्यसमाथि पनि लिग अवधिभरी एउटा मात्र  पहेंलो कार्ड नखानु प्रशंसनिय थियो| टोलीको प्रमुख सेन्टर हाफका रुपमा उभिएका तामाङ्ग छिट्टै विदेशी प्रशिक्षक ओजेम्सको आँखामा परे| प्रशिक्षणका दौरान पनि ओजेम्सको पहिलो रोजाइमा देवेन्द्र नै पर्ने गरेका थिए|

तर चोटका कारण साफको टोलीमा नपर्ने भएपछी ओजेम्सले इन्लाई सागका लागि पूर्ण विश्राम गर्न सुझाव दिएका थिए| नेपाली टोलीको साफबाट फर्केको केहि दिन नबित्दै प्रशिक्षक ओजेम्स र एन्फविच जुहारी चल्यो| दोषारोपणको यो जुहारीले बङ्गबन्धुको तयारीलाई पनि असर पर्यो| काँकडभित्तामा विर्तामोड युनाईटेडबाट देवेन्द्र खेलेको थाहा भएपछि उनलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा डाकियो र तामाङ्ग भोलिपल्ट नै काठमाडौँ आइपुगे| केहि दिनपछि घोषित राष्ट्रिय टोलीमा उनको नाम पनि समावेश गरियो तर नाम घोषणा भएको भोलिपल्ट उनको ठाउँमा दिनेश राजवंशीलाई बोलाइयो| सेन्टर हाफ देवेन्द्रको ठाउँमा राइट ब्याक दिनेशको कसरि आइपुगे त?

देवेन्द्र लिगको सर्वोत्कृष्ट डिफेन्डर घोषित भएको कुरा सारा जनमानसमा अवगत नै छ| साफमा सेन्टर डिफेन्डर जितेन्द्र कार्कीकै कमजोरीमा नेपालले नतिजा सुम्पेको पनि दोहोर्याउनुपर्ने तथ्य रहेन| प्याट्रिक ओजेम्सले देवेन्द्रको कौशल देखेर नै उनलाई सुरुवाती रोजाइमा खेलाउने तयारी गरेका थिए| यस्तोमा उनको चोटले टोलीको प्रदर्शनमै ठुलो चोट आइलाग्यो| तर, ओजेम्सको चाहना अनुरुप सग र बङ्गबन्धुको टोलि घोषणा नभएपछि देवेन्द्रको पुन: पुर्व फर्किन बाध्य भए| २३ खेलाडी पुगेको बङ्गबंधु कपमा जम्मा दुइ जना सेन्टर डिफेन्डर रहेका छन्| देवेन्द्रको ठाउँमा पुगेका दिनेश राइट ब्याक हुन् र उनको स्थानमा कप्तान विराज महर्जन, कमल श्रेष्ठ जस्ता उत्तम खेलाडी रहेका छन्| यस्तो अवस्थामा देवेन्द्रको ठाउँमा दिनेश लगिनुले आफ्नोपनको आभाष जनाउछ| बालगोपाल महर्जनले आफ्नो यु-१९ टोलीका खेलाडीलाई बढावा दिएको भन्ने आरोप केहि हदसम्म ठिकै हो कि भन्ने पनि सोच्न बाध्य बनाएको छ|

राष्ट्रिय टोलीबाट मंगलबार घाइते भनेर निकालिएका देवेन्द्रले शनिबार बिर्तामोड युनाईटेडका लागि पुरै ९० मिनेट खेले र खेलको एकमात्र गोल गर्दै टोलीलाई उपाधि दिलाए| झापामा पुरै समय खेल्न सक्ने देवेन्द्र राष्ट्रिय टोलीमा किन अन्फिट घोषित हुन्छन् त? आफ्नो प्रतिक्रिया दिनुहोस:

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.