default_image

7 years ago

February 13, 2018

सिटी बासेलसँग भिड्दै, युभेन्टसलाई टोटनह्यामको चुनौति

33 views

0 Bookmark

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत आज इटालियन क्लब युभेन्टस इङ्ग्लिस क्लब टोटनह्यामको सामना गर्दै छ । नेपाली समय अनुसार सो खेल राति को साढे १ बजे सुरु हुने छ ।

युभेन्टसका लागि आज केहि मुख्य खेलाडिहरु घाइते रहेका छन् । पौलो डिबाला, आन्द्रे बार्जागाली र ब्लेस माटुइडी चोटका कारण खेलमा सहभागी हुने छैनन् । पाहुना टोली टोटनह्यामका लागि भने मुख्य डिफेन्डर टोबि एल्डरवेरेल्ड घाइते रहेका छन् ।

युभेन्टसले पछिल्ला २१ च्याम्पियन्स लिगको खेलमा केवल दुईमा पराजय भोगेको छ भने टोटनह्यामले रियल म्याड्रिड सम्मिलित समूहमा शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

आज सोहि समयमा अर्को इङ्ग्लिस टोली म्यानचेस्टर सिटी बासेलको सामना गर्ने छ । म्यानचेस्टर सिटीका लागि लेरोय साने र डेभिड सिल्भा चोटका कारण खेलमा सहभागि हुने निश्चित छैन । बासेल र सिटीको यो पहिलो च्याम्पियन्स लिग भिडन्त पनि हो ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.