default_image

7 years ago

February 13, 2018

आइ लिगमा किरणको टोली पराजित

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इष्ट बंगालसँग १–० ले पराजित भएको छ ।

फाइल तस्बिर

किरण पहिलो रोजाइमा पर्न नसकेको खेलको ६१ औं मिनेटमा मिनेर्भा पछि परेको थियो । सलाम सिंहले गरेको गोल इष्ट बंगालको जितका लागि पर्याप्त रह्यो । गोल खाएलगत्तै मिनेर्भाले राक्सित डागरको ठाँउमा किरणलाई मैदान उतारेको थियो । यी दुई टोलीबीचको अघिल्लो खेल २–२ को बराबरीमा टुंगिएको थियो । जसमा किरणले पोष्ट सम्हालेका थिए ।

हारका वावजुद मिनेर्भा शीर्षस्थानमा रहेको छ । १४ खेलको समाप्तीमा मिनेर्भाको २९ अंक छ । तेस्रो स्थानको इष्ट बंगालको २६ अंक छ । १५ खेलमा निरोकाको २८ अंक छ । किरण मिनेर्भा गएयता टोलीको यो पाँचौं खेल हो ।

सुरुका तीन खेलमा रहेका किरण यसअघि सिलोङ लाजोङसँगको खेलमा भने बेन्चमा थिए । लोजोङलाई मिनेर्भाले ३–२ ले हराएको थियो । किरणको डेब्यूमा निरोकालाई १–० ले हराएको मिनेर्भा त्यसपछिको खेलमा इष्ट बंगालसँग २–२ को बराबरीमा रोकिएको थियो । त्यसपछिको चर्चिल ब्रदर्शसँगको खेल भने मिनेर्भाले २–१ ले गुमाएको थियो ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.