default_image

7 years ago

February 13, 2018

‘मेस्सीलाई रोक्न कठिन’ – मोराटा

34 views

0 Bookmark

लन्डन (एजेन्सी)– चेल्सीका स्ट्राइकर अल्भारो मोराटाले बार्सिलोनाका सुपरस्टार लियोन मेस्सीलाई रोक्न सम्भव नहुने बताएका छन् । बार्सिलोनाविरुद्ध अर्को साता अन्तिम १६ को पहिलो लेग खेल्नुअघि मोराटाको यस्तो भनाई सार्वजनिक भएको हो । मोराटाले टोलीका सहकर्मीलाई मेस्सीलाई गम्भिरतापूर्वक लिन पनि सुझाएका छन् ।

Morata

अल्भारो मोराटा

यद्दपी चेल्सीविरुद्ध मेस्सीको इतिहास त्यति सन्तोषजनक छैन । चेल्सीसँगको पाँच पटकको बालोन डि’ ओर विजेता मेस्सीको नमिठो अनुभव पनि छ । सन् २०१२ मा चेल्सीविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा मेस्सी पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । त्यति बेलामा सेमिफाइनलमा समग्रमा ३–२ नतिजासहित चेल्सी फाइनल पुगेको थियो ।

त्यो मेस्सीका लागि निकै दुःखत समयमा थियो । तर, त्यसका आधारमा मेस्सीलाई मुल्याङ्कन गर्नु र मेस्सीलाई हल्का लिनु मुर्खता हुने मोराटाको बुझाई छ । चेल्सी र बार्सिलोनाबीच फेब्रुअरी २१ मा प्रि क्वार्टरको पहिलो लेग हुँदैछ ।

‘मेस्सीलाई रोक्न कठिन हुनेछ,’ रियल म्याड्रिडका पूर्व खेलाडी मोराटाले भने,‘यदि हामीले यहाँ राम्रो नतिजा निकाल्न सक्यो भने त्यसपछि रक्षात्मक खेल्दै अघि बढ्ने कोशिस गर्नुपर्दछ ।’

चेल्सीको अहिलेको फर्म हेर्ने भने बार्सिलोनालाई रोक्न सहज हुने छैन । मेस्सी जहिले पनि खतरा हुनेछन् । त्यसबाहेक बार्सिलोनासँग त्यस्ता प्रभावशाली खेलाडी छन् त्यसले चेल्सीलाई अप्ठेरोमा पार्न सक्दछन् ।

ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनका लागि मेस्सीले यो सिजन २० गोल गरिसकेका छन् । तथापी च्याम्पियन्स लिगमा भने उनले यसपटक ६ खेलमा ३ गोल मात्र गर्न सकेका छन् ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.