default_image

7 years ago

February 13, 2018

झापा गोल्डकप यसै महिना, विजेतालाई १२ लाख ५० हजार

61 views

0 Bookmark

सबिन शेर्मा
झापा – पूर्वाञ्चलकै प्रतिष्ठित गोल्डकप मध्येको झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यसै महिना आयोजना हुने भएको छ । विर्तामोडको डोमालाल राजवंशी रंगशालामा फागुन १९ गते बाट प्रतियोगिता सुरु हुने आयोजक झापा फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत झापा गोल्डकप समितिका अध्यक्ष महेन्द्र गिरीले दिएका छन् ।


यस पटक झापा गोल्ड कपको राशीमा पनि बृद्धि गरिएको छ । यसपटकको विजेताले १२ लाख ५० हजार रुपैयाँ पाउनेछ । गत वर्षको विजेताले ७ लाख रुपैयाँ प्राप्त गरेको थियो । झापा गोल्डकप यसपटकको सर्वाधिक पुरस्कार राशीको गोल्ड कप हुनेछ ।

माघको पहिलो साता धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको थियो भने माघ दोस्रो साता इटहरीमा सम्पन्न मदन स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ प्राप्त गरेको थियो । खप्तड गोल्डकप त्रिभुवन आर्मी क्लब र इटहरी गोल्डकप रुस्लान थ्री स्टार क्लबले जितेको थियो ।

फागुन २८ गते सम्म चल्ने झापा गोल्ड कपमा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहने छ । साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, रुमपम झापा ११, रुस्लान थ्री स्टार, नेपाल एपिएफ, नेपाल पुलिस, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, हिमालयन शर्पा र सहारा क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालनमा झन्डै ९७ लाख रुपैयाँ खर्च हुन अनुमान गरिएको झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.