default_image

7 years ago

February 13, 2018

हाजार्डको २ गोलमा चेल्सी विजयी

52 views

0 Bookmark

एजेन्सी (लण्डन)-  गए राति प्रिमियर लिगमा चेल्सीले वेस्टबर्मलाई ३-० ले पराजित गरेको छ । चेल्सीका लागि इडेन हाजार्डले २ तथा भिक्टर मोजेसले १ गोल गरेका थिए। यो नजिता संगै चेल्सी अंक तालिकाको शीर्ष चारमा फर्किन सफल भएको छ। 

चेल्सीले खेलको २५ औं मिनेटमा हाजार्डको गोल मार्फत अग्रता लिन सफल भएको थियो । भर्खरै समाप्त भएको स्तान्तरण सत्रको अन्तिम दिन आर्सनलबाट आएका खेलाडी ओलिभर जिरुडको पासमा हाजार्डले पहिलो होल गरेका हुन् ।

चेल्सीले खेलको ६३ औँ मिनेटमा दोस्रो गोल थपेको थियो । रक्षक भिक्टर मोजेसले प्रहार गरेको बल बिपक्षी खेलाडीको खुट्टामा लाग्दै दिशा परिवर्तन गरेको पछि चेल्सीले थप अग्रता पाएको थियो।  चेल्सीका लागि अन्तिम गोल हाजार्डले खेलको ७१ औँ मिनेटमा प्रहार गरेका थिए।

October 6, 2024

एन्फाले मृतक ६ युवा खेलाडीको हरेक परिवारलाई ८ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ। त्यो कोषमा […]

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

Success

Thank you for your time.