7 years ago
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय आइलिगमा मोहन बगान गोकुलमसँग २-१ ले पराजित भएको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले आज टोलीका लागि असिस्ट दर्ता गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
मोहन बगान र गोकुलमको पहिलो हाफ गोलरहित टुङ्गिए पनि दोस्रो हाफमा ३ गोल सम्भव भए । खेलको ७६ औं मिनेटमा गोकुलमका अहमद अल अज्मीले टोलीलाई अग्रता दिलाएका थिए ।
तर ६५ औं मिनेटमा परिवर्तित खेलाडिका रुपमा आएका विमलले असेर डिपान्डालाई ७८ औं मिनेटमा असिस्ट दिँदै टोलीलाई खेलमा फर्काउन मद्दत गरे । तर खेलको अन्तिम मिनेटमा गोकुलमका हेनरी किसेकाले गोल गर्दै मोहन बगानलाई निराश बनाएका थिए ।
यस जितसँगै गोकुलम अन्तिम स्थानबाट नवौं स्थानमा उक्लेको छ भने मोहन बगान चौथो स्थानमा यथावत् रहेको छ ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]