default_image

7 years ago

February 10, 2018

निराजन बुढासुब्बा गोल्डकपका उत्कृष्ट खेलाडी

42 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टारका मिडफिल्डर निराजन खड्काले आज सम्पन्न बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।

फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो । थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गरेको गोल निर्णयक सावित भयो ।

यस जितसँगै थ्रीस्टारले सिजनको दोस्रो उपाधि जितेको छ । धनगढीमा भएको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत भन्डै डेढ वर्षपछि घरेलु फुटबलमा फर्केको थ्रीस्टारले यहि महिना इटहरी गोल्डकपको उपाधि उचाल्न पनि सफल भएको थियो ।

यस प्रतियोगितामा राम्रो लयमा देखिएका निराजनले उत्कृष्ट खेलाडिको उपाधि हात पारे । उनलाई २५ हजार नगद सहित यामाहाको मोटरसाईकल प्रदान गरिएको छ । उनले प्रतियोगिताभरी कुल तीन गोल पनि गरेका थिए ।

अन्य विधामा उत्कृष्ट खेलाडिहरुहरुलाई जनही २५ हजार रुपैया नगद पुरस्कार सहित ट्रफि प्रदान गरिएको छ :

उत्कृष्ट गोलकिपर – एलेन न्यौपाने (थ्री स्टार)

उत्कृष्ट डिफेन्डर – लवाल (थ्री स्टार)

उत्कृष्ट मिडफिल्डर – सुमन लामा (पुलिस)

उत्कृष्ट फरवार्ड – रेजिन सुब्बा (पुलिस)

उत्कृष्ट प्रशिक्षक – मेघराज केसी (थ्री स्टार)

उदयीमान खेलाडी – रोमन लिम्बु (धरान)

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

Success

Thank you for your time.