default_image

7 years ago

February 10, 2018

आयोजकलाई हराउँदै मोरङ रुस्लान सिमराको सेमिफाइनलमा

39 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) सेतो लाई टाई ब्रेकरमा ४-१ ले हराउँदै मोरङ फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।  

Morang Win

एनजेजेवाइसीले दोस्रो हाफको ६६ औं मिनेटमा विजय श्रेष्ठको गोलमा अग्रता लिएपनि मोरङले ७५ औं मिनेटमा भुवन बस्नेतको गोलमा बराबरी गरेको थियो । 

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाई ब्रेकरमा निर्भर रह्यो । आयोजकका सौरभ मगर र मानबहादुर तामांगले पेनाल्टीमा चुकेपछि मोरङ ४-१ ले विजयी भएको हो । एनजेजेवाइसीका विजय श्रेष्ठले मात्र टाईनब्रेकरमा गोल गर्न सफल भए । मोरङका लागि भने निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बु र कप्तान दीपक राई सबैले गोल गरे ।

आयोजककै अर्को टोली हिजोको खेलमा एपिएफसँग २-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । भोली हुने अर्को क्वाटर फाइनलमा आर्मीले एपिएफको सामना गर्नेछ ।

हाइलाइट्स हेर्नुहोस्

September 29, 2024

बिर्तामोडको अन्तर वडा फुटबलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोडबडा दशैंको अवसर पारेर झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले गर्ने अन्तर वडा फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । असोज १४ गतेदेखि हुने भनिएको पाँचौँ संस्करणको प्रतियोगिता असोज १६ गतेदेखि २३ गतेसम्म हुने समितिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए । बिर्तामोड नगरपालिकाका १० वटा वडाहरुबीच हुने प्रतियोगिता यो वर्ष सैनिक […]

September 29, 2024

गोर्खा ब्वाइज झरना रनिङ शिल्डको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]

September 29, 2024

बुटवल लुम्बिनीलाई चितवन गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन बुटवल लुम्बिनी एफसीले गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि जितेको छ । नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो । बुटवल लुम्बिनीले पुलिसलाई २-० ले हराएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा आइतवार बुटवल लुम्बिनीलाई च्याम्पियन बनाउन सनिश श्रेष्ठ र आयुष घलानले गोल गरे । सनिशले […]

Success

Thank you for your time.