default_image

7 years ago

February 8, 2018

रुस्लान सिमरा गोल्डकप – आयोजकको विजयी सुरुवात

44 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – रुस्लान नवौं सिमरा गोल्डकपमा आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाईसी) ‘सेतो’ ले विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा बिहीबार हेटौंडाको विजय युथ क्लबलाई ४–१ ले हराउँदै एनजेजेवाइसी क्वार्टरफाइनलमा पुगेको हो ।


आयोजकको जितमा विशन गुरुङ, त्रिदेव गुरुङ, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी भिक्टर आमोहिले गोल गरे । हटौंडाका लागि एकमात्र सान्त्वना गोल अमिर श्रेष्ठले गरेका थिए । प्रतिस्पर्धात्मक रहेको पहिलो हाफको अन्तिम तिर आयोजकका विशलनले गोल गरे ।

८० मिनटमा छोट्याईएको खेलको ४४ औं मिनटमा हेटौडाका अमिर श्रेष्ठले बराबरी गोल गरे । सिमराका शौरभ मगरले गोलकिपर विशाल श्रेष्ठलाई दिएको पास अमिरले गोल गरेका हुन् । शौरभको फितलो प्रहारको फाइदा उठाउँदै अमिरले बराबरी गोल गरका हुन् ।

आयोजकको घरेलु मैदानमा बराबरी पछि उत्साहित हेटौंडाका समर्थकहरुलाई निराश बनाउँदै धिरजले ५२ औं मिनटमा गोल गरेपछि हेटौंडा दबाबमा पर्यो । अन्तिम तिर भिक्टरले गोल थपे । इन्जुरी समयमा त्रिदेवले गोल गरेपछि आयोजकले फराकिलो जित दर्ता गर्यो । म्यान अफ दी म्यान बनेका त्रिदेवले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा शुक्रबार आयोजक नवजनजागृती यूवा क्लबको एनजेजेवाईसि ‘निलो’ र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा भाग नलिने जनाएपछि आयोजकले २ टोली उतारेको छ ।

त्यसअघि चर्चित हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेले प्रतियोगिताको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई सिमराका विभिन्न नीजि विद्यालयबाट आएका विद्यार्थीहरुले बाजागाजा सहित स्वागत गरेका थिए । आयोजक क्लबका अध्यक्ष कासिम मियाँको अध्यक्षता भएको उद्घाटन सत्र प्रेस संयोजक सुनील गाउँलेको सहजीकरणमा गरेका थिए भने कार्यक्रममा पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल, प्रदेश सभा सदस्यहरु सुन्दर विश्वकर्मा, ज्वाला साह, सिता गुरुङ्ग, शोभा लामा लगायतको उपस्थिति थियो ।

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

February 7, 2025

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, टोरेसको ह्याट्रिक

एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]

February 6, 2025

ब्राइट होराइजनको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]

Success

Thank you for your time.