default_image

7 years ago

February 8, 2018

बुढासुब्बा गोल्डकप-रुस्लान थ्री स्टार लगातार तेस्रो फाइनलको प्रयासमा

68 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टारले लगातार दोस्रो साता नेपाल पुलिस क्लबसँग फाइनल खेल्ने सम्भावना छ । तर, त्यसका लागि थ्री स्टारले २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा भारतीय क्लबको चुनौति पन्छाउनु पर्ने हुन्छ ।

 

 

धरान रंगशालामा थ्री स्टारले बिहीबार कोलकाताको दुर्गापुर स्टिल एफसीको सामना गर्दैछ । शनिबार हुने फाइनलका लागि पुलिसले भने आफ्नो स्थान सुरक्षित गरिसकेको छ । सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो ।

पुलिस र थ्री स्टारले गत शनिबार पोखरामा १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेका थिए । जहाँ पुलिस १–० ले विजयी भएको थियो । त्यहाँबाट दुवै टोली धरान यात्रामा निस्केका थिए । धरानमा पुलिसले पहिलो खेलमा काकरभिट्टा ट्रेनिङ सेन्टरलाई हराएको थियो ।

थ्री स्टारले सुदूरपश्चिम ११ लाई ४–० ले हराउँदै दुर्गापुरसँगको सेमिफाइनल भेट पक्का गरेको थियो । दुर्गापुर आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा हराउँदै अघि बढेको थियो । डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेयता थ्री स्टारको यो चौथो प्रतियोगिताका हो ।

पहिलो प्रतियोगिताका रुपमा रहेको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको क्वार्टरफाइनल खेलेको थ्री स्टार अर्को साता मदन स्मृति इटहरी गोल्ड कपको च्याम्पियन बनेको थिए । त्यसको एकसातामा टोलीले आहा गोल्ड कपको फाइनल पुगेको थियो । आज भारतीय क्लबलाई हराउन सके थ्री स्टार लगातार तेस्रो साता तेस्रो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुग्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

February 7, 2025

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, टोरेसको ह्याट्रिक

एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]

February 6, 2025

ब्राइट होराइजनको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]

Success

Thank you for your time.