default_image

7 years ago

February 7, 2018

किरणको टोली आइ लिगको पुनः शीर्षस्थानमा

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार सफलता प्राप्त गर्दै इन्डियन लिग (आइलिग) को अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ ।

बाली गगनदिपले २ गोल गरेपछि सिलोङ लाजोङलाई ३–२ ले हराउँदै मिनेर्भा अंकतालिकाको पुनः अग्रस्थानमा उक्लेको हो । बराबरी उन्मुख खेल सकिन ९ मिनेट बाँकी रहँदा घरेलु टोलीका गगनदिपले गरेको गोल खेलको निर्णायक बनेको थियो ।

मिनेर्भाले पहिलो हाफमै २ गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन । गाइ एरिक डानोको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको मिनेर्भाका लागि पहिलो हाफको इन्जुरीमा समयको दोस्रो मिनेटमा गगनदिपले अर्को गोल थपेका हुन् । तर चार मिनेटको फरकमा २ गोल फर्काउँदै खेलमा बराबरी गरेको थियो । लाजोङका लागि ड्यानियल ओडाफिन ६० औं, लरेन्स डिओले ६४ औं मिनेटमा गोल गरे ।

१३ खेलको समाप्तीमा मिनेर्भाको २९ अंक पुगेको छ । १ खेल बढी खेलेको निरोकाको २७ अंक छ र टोली दोस्रो स्थानमा झरेको छ । १० टोली रहेको आइ लिगमा लाजोङ १७ अंकसहित पाँचौं स्थानमा छ । मिनेर्भामा किरण आबद्ध भएयता टोलीको यो चौथो खेल हो ।

यसअघि तीनै खेलमा पोष्ट सम्हालेका किरण बुधबारको खेलमा वेन्चमै रहे । किरण सम्मिलित टोली शुक्रबारको पछिल्लो खेलमा चर्चिल ब्रदर्शसँग २–१ ले पराजित भएको थियो । किरणको डेब्यूमा निरोकालाई १–० ले हराएको मिनेर्भा त्यसपछिको खेलमा इष्ट बंगालसँग २–२ को बराबरीमा रोकिएको थियो ।

September 29, 2024

बुटवल लुम्बिनीलाई चितवन गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन बुटवल लुम्बिनी एफसीले गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि जितेको छ । नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो । बुटवल लुम्बिनीले पुलिसलाई २-० ले हराएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा आइतवार बुटवल लुम्बिनीलाई च्याम्पियन बनाउन सनिश श्रेष्ठ र आयुष घलानले गोल गरे । सनिशले […]

September 29, 2024

कर्णालीबाट खेलेर राष्ट्रिय टोलीको यात्रा बुन्दै सूदुरका चेली

सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ का लागि एन्फाले गत साता ४० सदस्यीय नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट घोषणा गर्यो । टोलीमा विभागीय खेलाडीको दबदबा रहेपनि कर्णाली प्रदेशबाट ३ खेलाडीले स्थान बनाए । कर्णाली प्रदेशले एन्फा महिला लिगमा सन्तोषजनक प्रदर्शन गर्दा टोलीमा महत्त्वपूर्ण प्रदर्शन गरेका कप्तान तथा गोलरक्षक लिला जोशी, डिफेन्डर तुलसा […]

September 29, 2024

बायर्न र लेभरकुसनले बराबरी खेले

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसनले बराबरी खेलेका छन् । दुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो। घरेलु मैदान एलियान्ज एरिनामा बायर्नका लागि एलेक्सजेन्डर पाव्लोभिच र लेभरकुसनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ३१औं मिनेटमा एन्ड्रिचको गोलमार्फत लेभरकुसनले अग्रता लिएको […]

Success

Thank you for your time.