7 years ago
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरले गत साता मोहन बगानबाट इन्डियन लिग (आइ लिग) मा डेब्यू त गरे, तर लामो समय खेल्ने मौका उनलाई थिएन । कारण उनलाई शनिबार डेब्यू खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा मैदान प्रवेश गराइएको थियो ।
सिलोङ लाजोङसँगको त्यो छोटो समयमा पनि पनि उनले एउटा गोल अवसर पाएका थिए । तर उनको प्रहार विपक्षी गोलकिपरले सफल हुन दिएनन् । तथापी उनको टोली त्यो खेलम ३–० ले विजयी भएको थियो ।
विमलको टोलीले आइलिगमा मंगलबार चेन्नई सिटीको सामना गर्नेछ । यस खेलमा पहिलो रोजाइमा खेल्ने सम्भावना छ । फरवार्ड सोनी नोर्डे घाइते भएपछि उनले टोलिमा स्थान पाएका थिए ।
मोहन बगानले चेन्नईलाई हराउन सके तेस्रो स्थानको इष्ट बंगालसँग अंक (२३) बराबरी गर्नेछ । १० टोली सहभागी आइ लिगमा चेन्नई ११ अंकसहित नवौं स्थानमा छ । निरोका २७ अंकसहित शीर्षस्थानमा छ भने २६ अंकसहित अर्का नेपाली स्टार किरण चेम्जोङको मिनेर्भा दोस्रो स्थानमा छ ।
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]
February 6, 2025
हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]