7 years ago
February 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान सिमरा गोल्ड कपको नवौं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । माघ २५ गते बाट सुरु हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । यस वर्ष राखेप च्याम्पियनसिप र १६ औं आहा-रारा गोल्ड कपको विजेता नेपाल पुलिस क्लबले भने यस प्रतियोगितामा सहभागिता नजनाउने भएको छ ।
प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लब , रुस्लान थ्री स्टार क्लब, सिएमजी संकटा तथा दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल आर्मी, सुदुरपश्चिम ११, मोरङ फुटबल क्लब, आयोजक नव जन जागृती युवा क्लब , विजय युथ क्लब (हेटौडा) र वीरगंज युनाइटेड क्लब गरेर १० टोलीको सहभागिता हुनेछ । संकटा अघिल्लो संस्करणको विजेता हो ।
पहिलो खेलमा शुक्रबार आयोजक नव जन जागृती युवा क्लबले विजय युथ क्लबको सामना गर्नेछ ।
September 29, 2024
सुमन अधिकारी, बुटवल गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल रुपन्देहीमा जारी ३६ औं झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कुन्जलापुरस्थित फुटबल मैदानमा आइतवार भएको गोर्खाले योङ्ग स्टार क्लब मढाहालाई ५-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लगातारको वर्षाका कारण शुक्रवार हुन नसकेको खेल आइतवार भएको थियो। खेलको ६५ औं मिनेटसम्म […]
September 29, 2024
सुशील पन्त क्षेत्री, चितवन बुटवल लुम्बिनी एफसीले गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधि जितेको छ । नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो । बुटवल लुम्बिनीले पुलिसलाई २-० ले हराएको हो । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा आइतवार बुटवल लुम्बिनीलाई च्याम्पियन बनाउन सनिश श्रेष्ठ र आयुष घलानले गोल गरे । सनिशले […]
September 29, 2024
सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ का लागि एन्फाले गत साता ४० सदस्यीय नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट घोषणा गर्यो । टोलीमा विभागीय खेलाडीको दबदबा रहेपनि कर्णाली प्रदेशबाट ३ खेलाडीले स्थान बनाए । कर्णाली प्रदेशले एन्फा महिला लिगमा सन्तोषजनक प्रदर्शन गर्दा टोलीमा महत्त्वपूर्ण प्रदर्शन गरेका कप्तान तथा गोलरक्षक लिला जोशी, डिफेन्डर तुलसा […]