default_image

7 years ago

February 6, 2018

नेयमार र रियल म्याड्रिड – एक अर्काका समाधान

49 views

0 Bookmark

विविध सुवेदी 

काठमाडौं – विश्व फुटबलमा खेलाडिहरुको सरुवाको चर्चा सधै जसो चलिरहेकै हुन्छ । सबै क्लबका लागि खेलाडि भित्राउनु एउटा महत्त्वपूर्ण पाटो हो किनभने नयाँ खेलाडिहरुको आगमनले टोलीलाई नयाँ आयाम दिने गर्छ । त्यस्तै अहिले बजारमा चर्चा चलिरहेको एक महत्त्वपूर्ण ट्रान्सफर ब्राजिलियन फरवार्ड नेयमारको हो । विगत केहि समयदेखि विभिन्न समाचार तथा श्रोतहरुले उनको नाम स्पेनिस क्लब रियल म्याड्रिडसँग अत्यन्त जोडिरहेका छन् ।

रियल म्याड्रिडले अघिल्लो सिजन च्याम्पियन्स लिग तथा स्पेनिस ला लिगा जस्ता महत्त्वपूर्ण उपाधि जित्न सफल भएको थियो । च्याम्पियन्स लिग उपाधि दोस्रो वर्ष लगातार जित्दै रियलले इतिहासको पानामा आफ्नो नाम अझै गाढा अक्षरमा लेख्न सफल रह्यो । तर यस सिजन रियल आश्चर्यजनक तरिकाले खस्किएको स्पष्ट छ ।

लिगमा निराशजनक सुरुवातपछि रियलले आगमन गर्ने उसका प्रशंसकहरुले आशा गरे पनि सो खराब लय अहिलेसम्म निरन्तर नै छ । यसै साता रियल तालिकाको १७ औं स्थानमा रहेको लेभान्टेसँग २-२ को बराबरीमा रोकियो जुन नतिजा रियलको आफ्नो स्तरलाई सुहाउँदैन । आफ्नो चिरपरिचित प्रतिद्वन्दी बार्सिलोना यस सिजन लिगमा अपराजित रहँदा रियलले ४ पराजय भोगिसक्यो । २१ खेलमा ३९ अंकसहित रियल तालिकाको चौथो स्थानमा छ । यहि लय निरन्तर रह्यो भने च्याम्पियन्स लिगमा छनोट हुन पनि रियलले संघर्ष गर्नु पर्ने देखिन्छ ।

यस विन्टर ट्रान्सफर विन्डोमा अन्य क्लबहरुले नयाँ अनुहार आफ्नो टोलीमा थपे पनि रियलले कोहि नयाँ खेलाडि भित्राएन । तर अबको समर ट्रान्सफर विन्डो भने त्यस्तो अवश्य हुने छैन । रियलले टोलीमा ठूला परिवर्तनहरु गर्ने पक्का छ । नयाँ सम्भावित नाममा भने ब्राजिल तथा पिएसजीका फरवार्ड नेयमारको नाम सुचीको अग्रपंक्तिमा आउँछ ।

रियलका स्ट्राइकर करिम बेन्जेमा केहि समयदेखि लयमा छैनन् । सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि ३३ वर्ष पुगिसके । कुनै पनि फुटबल खेलाडिका लागि यो उमेरपछि पनि निरन्तर रुपमा उच्च स्तरमा प्रदर्शन गर्नु चुनौतिपूर्ण नै हुने गर्छ । त्यसैले रियल युवा तथा प्रमाणित खेलाडिको खोजीमा हुनेछ जसले रोनाल्डोले जसरी नै लामो अवधिसम्म टोलीको जिम्मेवारी पुरा गर्ने छन् । यस मापदण्डमा फिट हुने खेलाडि पनि नेयमार नै हुन् ।

नेयमारले उच्च स्तरिय प्रदर्शन गर्दै फुटबलमा बेग्लै नाम बनाएका छन् । उनको यहि प्रतिभाका कारण पिएसजीले उनलाई १ सय ९९ मिलियन पाउन्ड खर्चिँदै बार्सिलोनाबाट किनेको थियो । नेयमार आफैं यस ट्रान्सफरलाई आफ्नो विकासको चरण मान्छ्न् । बार्सिलोनामा लियोनल मेस्सीसँग खेल्दा उनको छायाँमा परेको नेयमारले स्विकार गरे । आफ्नो बालोन डि’ओर जित्ने उद्देश्य बार्सिलोनामा सम्भव नदेखिएको नेयमारले बताए ।

पिएसजीमा नेयमार शानदार लयमा देखिएका छन् । सबै प्रतियोगितामा उनले यस सिजन १८ गोल गरिसकेका छन् । उनको टोली पनि लिग १ को शीर्ष स्थानमा ११ अंकले अगाडि रहेको छ । तर अन्य क्लबहरु तुलात्मक रुपमा कमजोर भएका कारण नेयमार बलोन डि’ओरबाट यस सिजन पनि टाढै देखिन्छन् । बलोन डि’ओर जित्ने सपना पुरा गर्न उनी रियलमा आउने सम्भावना पनि यसैकारण बलियो देखिन्छ । रियल पनि उनलाई ३ सय मिलियन पाउन्डसम्म खर्चिन तयार रहेको जनाइएको छ ।

रियलको जारी सिजनको प्रदर्शन र नेयमारको रियलसँग जोडिएको भविष्य समयले नै बताउने छ । तर हालको लागि फेब्रुवरी १४ मा च्याम्पियन्स लिगमा पिएसजी र रियल अामने-सामने हुँदैछन् । त्यस खेलमा नेयमार आकर्षणको केन्द्रविन्दुमा हुने भने पक्का छ ।

October 6, 2024

लिभरपुल र सिटीको‌ जित

एजेन्सी – लिभरपुलले इङ्ग्ल्सि प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ । सातौं खेलमा छैटौं जित निकाल्ने क्रममा लिभरपुलले शनिवार क्रिस्टललाई १-० ले पराजित गरेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डियगो जोटाले गोल गरे । खेलको नवौं मिनेटमा नै जोटाले गरेको गोल निर्णायक बन्यो । लिभरपुल ७ खेलबाट […]

October 6, 2024

रियल र बार्सिलोनाको अंक बराबर

एजेन्सी – साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनासँग अंक बराबरी गरेको छ। आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा रियलले शनिवार भिल्लारियललाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउँन फेडेरिको भल्भर्डो र भिनिसियस जुनियरले गोल गरेका थिए। खेलको १४औं मिनेटमा भल्भर्डोले गोल गर्दै रियललाई सुरुवाती […]

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

Success

Thank you for your time.