default_image

7 years ago

February 4, 2018

मेयर कप फुटबलको उपाधि वालिङ नगरपालिकालाई

74 views

0 Bookmark

अर्जुन कार्की

बागलुङ  – बागलुङ नगरपालिकाको आयोजनामा सञ्चालित प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबलको उपाधि स्याङजाको वालिङ नगरपालिकाले जितेको छ ।

आइतबार बागलुङको बाङ्गेचौर खेल मैदानमा भएको फाइनल खेलमा पोखरा लेखनाथ महानगरपालिका कास्कीलाई १–० गोलअन्तरले पराजित गर्दै वालिङले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको एक मात्र गोल वालिङका सफल थापाले गरेका थिए । उनले खेलको पहिलो मिनेटमै अजिज दिन मियाँले गोलकिपरलाई विट गर्दै निकालेको उत्कृष्ट पासमा गोल गरेका थिए । उनको उक्त गोल नै खेलमा निर्णायक बन्यो

एक गोलले पछि परे पनि खेल अवधिभर पोखराले वालिङको गोलपोष्टमा निरन्तर प्रहार गरि रह्यो । पोखराले खेलको २३ औं मिनेटमा डिबक्स भन्दा केही बाहिर पाएको फ्रिकिकमा उत्तम गुरुङको प्रहार गोलरक्षक थापाले बचाऊ गरे । यस्तै खेलको ३९ औं मिनेटमा पोखराका त्रिदेव गुरुङ र पहिलो हाफको अतिरिक्त समयमो दोस्रो मिनेटमा लक्ष्मण जिसीको प्रहार वालिङका गोरक्षकले फेरी विफल पारिदिएका थिए । खेलको ७९ औं मिनेटमा वालिङका कप्तान लक्ष्मण रुचाल र पोखराका अञ्जान देसवकोटाले दोहोरो पहेलो कार्ड सहित रेडकार्ड खाँदै बाहिरिदिएका थिए ।

वालिङ नगरपालिका स्याङजाले ट्रफि सहित नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्‍यो भने उपाविजेतामा चित्त बुझाएको पोखरा लेखनाथ महानगरपालिकाले ट्रफि सहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्‍यो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वालिङका गोलरक्षक राजाबाबु थापा घोषित हुँदै नगद १० हजार प्राप्त गरे । उनले प्रतियोगितामा कुनै गोल खाएनन् । यस्तै उच्च गोलकर्ता पोखरा लेखनाथका भिषण गुरुङ, उत्कृष्ट स्ट्राईकर पोखराका विजय श्रेष्ठ, मिडफिल्डर पोखराका टंक प्रसाद गुरुङ, उत्कृष्ट डिफेन्डर पोखराका लक्ष्मण जिसी, उत्कृष्ट गोलरक्षक पोखराका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक वालिङका प्रशिक्षक केशर थापा र अनुशासित टिम व्यास नगरपालिका तनहुँ घोषित भएको थियो ।

खेलपछि बोल्दै वालिङ नगरपालिकाका प्रशिक्षक केशर थापाले आफुहरु रणनीति अनुसार खेलेकाले जित सम्भव भएको बताए । उनले सेमिफाइनलको जितपछि फाइनलको लागि पहिलेबाट काउन्टर आक्रमण गर्ने र पोखराको कमजोरीको फाईदा उठाउने रणनीति बनाएको र त्यो सफल भएको बताए । प्रशिक्षक थापाले खेल अवधिभर पोखराको टिमले उत्कृष्ट खेल प्रस्तुत गरेको बताए ।

यस्तै पोखराका प्रशिक्षक पलाद हिराचनले रेफ्रिको कमजोर निर्णयले हार व्यहोर्नुपरेको बताए । उनले आफ्ना खेलाडीहरुको गल्ती नहुँदा पनि रेफ्रिले गल्ती दिएको भन्दै आक्रोस पोखे । प्रतियोगिताको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला खेलकुद विकास समिति बागलुङले गरेका थिए ।

February 6, 2025

ब्राइट होराइजनको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]

February 6, 2025

प्लानिङ ब्वाइज नव ज्योति च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]

February 6, 2025

सडन डेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र नायक

पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]

Success

Thank you for your time.