7 years ago
February 4, 2018
लिल (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिललाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
पिएसजीका लागि डिफेन्डर युरीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन आकर्षक लयमा रहेका नेयमारले खेलको ७७ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । डि-बक्सबाहिर पाएको फ्रि-किकलाई नेयमारले सोझै गोलमा परिणत गरेका थिए । सो गोलसँगै व्यवसायिक फुटबलमा उनले आफ्नो ३ सय ५० औं गोल पुरा पनि गरे ।
त्यस्तै खेलको अन्तिम मिनेटतिर युवा खेलाडि गिओभानी लो सेल्सोले सुन्दर चिप गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै पिएसजीले अग्रस्थानमा ११ अंकको अन्तर कायम राखेको छ । पिएसजीको २४ खेलमा ६२ अंक रहेको छ । त्यस्तै लिल भने तालिकाको १८ औं स्थानमा रहेको छ ।
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]
February 6, 2025
हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]