default_image

7 years ago

February 3, 2018

विन्टर ट्रान्सफर विन्डोका ५ ठूला सम्झौता

33 views

0 Bookmark

विविध सुवेदी

काठमाडौं – प्रायजसो विन्टर ट्रान्सफर विन्डोमा ठूला सम्झौताहरु भएको खासै देखिँदैन । तर यस वर्षको  ट्रान्सफर विन्डो भने अपवाद रह्यो । युरोपेली शीर्ष क्लबहरु आफ्नो टोलीलाई नयाँ रुप दिने केहि ठूला ट्रान्सफर गरेका छन् । तीमध्ये ५ मुख्य ट्रान्सफर यस प्रकारका छन्:

५. भर्जिल भान डाइक

DDjikप्रिमियर लिग टोली साउथह्याम्पटनबाट ७५ मिलियन पाउन्डमा लिभरपुल पुग्दै भर्जिल भान डाइक इतिहासकै महँगा डिफेन्डर बनेका छन् । तुलात्मक रुपमा कमजोर रहेको लिभरपुलको डिफेन्सलाई भान डाइकको आगमनले बलियो पार्ने आशा गरिएको थियो ।

तर भान डाइकको उपस्थिति रहेको केहि खेलहरुमा लिभरपुलको डिफेन्स उत्तिकै कमजोर देखिएको छ । छिट्टै पुरानै लयमा फर्किँदै लिभरपुलको डिफेन्सको जिम्मेवारी भान डाइकले पूर्ण रुपमा लिने छन् भन्ने लिभरपुल प्रशंसकहरुको अपेक्षा रहेको छ ।

४. लुकास मौरा

Lucas Mouraमौरा केहि सिजनदेखि युरोपेली फुटबलमा आश गरिएको नाम हो । तर आशा गरिए जस्तो उनले पेरिस सेन्ट जर्मनमा मौका भने पाएका छैनन् । नेयमार र किलियन बाप्पेको टोलीमा आगमनले उनको खेल समयलाई असर पारेको थियो । यस ट्रान्सफर विन्डोमा मौरा २३ मिलियन पाउन्डमा टोटनह्याम पुगेका छन् ।

टोटनह्याम अग्रपंक्तिमा राम्रो देखिए पनि मिडफिल्ड र विङ्सतिर केहि कमजोर देखिँदै आएको छ । च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरेको टोटनह्यामलाई मौराको आगमनले बांकी सिजनका लागि थप आयाम दिने पक्का छ ।

३. पियर-एम्रिक अबामेयाङ

बोरुसिया डर्टमन्डका स्ट्राइकर पियर-एम्रिक अबामेयाङले आफूलाई युरोपमा एक भरपर्दो नामको रुपमा स्थापित गरेका छन् । यस विन्टर ट्रान्सफर विन्डोमा उनले डर्टमन्ड छोड्छन् र त्यसमाथि आर्सनल आउँछन् भन्ने कसैले सोचेकै थिएन । तर आर्सनलसँग आबद्ध हुँदै उनले आर्सनलको अग्रपंक्ति अझै बलियो बनाउने पक्का छ ।

उनी आर्सनलको इतिहासमा सबैभन्दा महँगा खेलाडि पनि हुन् । उनी आर्सनल आएपछि आर्सनलका स्ट्राइकर ओलिभर जिरु चेल्सी पुगे भने चेल्सीका स्ट्राइकर मिची ब्याटसुवायी भने डर्टमन्ड पुगे ।

२. एलेक्सिस सान्चेज / हेनरिक मिखितार्यन

यस ट्रान्सफर विन्डोको रोमाञ्चक सम्झौता एलेक्सिस सान्चेज र हेनरिक मिखितार्यनको आदानप्रदार रह्यो । सान्चेज आर्सनलमा खुसी देखिएका थिएनन् र आफ्नो सम्झौताको अन्तिम वर्षमा पनि थिए ।

अर्कोतर्फ म्यानचेस्टर युनाइटेड प्रशिक्षक जोसे मौरिन्होको रोजाईमा मिखितार्यन पर्न सकेका थिएनन् । मिखितार्यन र सान्चेजले क्लब साटासाट गर्दै आफ्नो नयाँ क्लबमा प्रभाव जमाउने होडमा छन् ।

१. फिलिप कौटिन्हो

कौटिन्हो लिभरपुलबाट बार्सिलोना सरुवा हुनु यस विन्डोको सबैभन्दा महत्त्वपूर्ण सम्झौता रह्यो । १ सय ४२ पाउन्डमा भएको यस सम्झौता विश्व फुटबल इतिहासको दोस्रो ठूलो सम्झौता पनि हो ।

बार्सिलोना अहिले लालिगाको शीर्ष स्थानमा रहेको छ । आफ्नो पहिलो सिजनमै कौटिन्होले लालिगा उपाधि जित्ने लगभग पक्का छ । आउने सिजनमा उनलाई बार्सिलोनाको मिडफिल्डमा आन्द्रेस इनिएस्टाको विकल्पका रुपमा पनि हेरिएको छ ।

September 29, 2024

कर्णालीबाट खेलेर राष्ट्रिय टोलीको यात्रा बुन्दै सूदुरका चेली

सुबास हुमागाईं, काठमाडौं साफ महिला च्याम्पियनसिप २०२४ का लागि एन्फाले गत साता ४० सदस्यीय नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट घोषणा गर्यो । टोलीमा विभागीय खेलाडीको दबदबा रहेपनि कर्णाली प्रदेशबाट ३ खेलाडीले स्थान बनाए । कर्णाली प्रदेशले एन्फा महिला लिगमा सन्तोषजनक प्रदर्शन गर्दा टोलीमा महत्त्वपूर्ण प्रदर्शन गरेका कप्तान तथा गोलरक्षक लिला जोशी, डिफेन्डर तुलसा […]

September 29, 2024

बायर्न र लेभरकुसनले बराबरी खेले

एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसनले बराबरी खेलेका छन् । दुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो। घरेलु मैदान एलियान्ज एरिनामा बायर्नका लागि एलेक्सजेन्डर पाव्लोभिच र लेभरकुसनका लागि रोबर्ट एन्ड्रिचले गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ३१औं मिनेटमा एन्ड्रिचको गोलमार्फत लेभरकुसनले अग्रता लिएको […]

September 29, 2024

लिभरपुलको पाँचौं जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा वल्भ्सलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । छैटौ खेलमा पाँचौ जित हात पार्ने क्रममा लिभरपुलले शनिवार वल्भ्सलाई पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २-१ ले विजयी भयो । लिभरपुलको जितमा इब्राहिम कोनट र मोहम्मद सलाहले गोल गरेका थिए। घवल्भ्सका लागि भने रायन एन्ट नुरीले […]

Success

Thank you for your time.