7 years ago
February 2, 2018
अर्जुन कार्की
बागलुङ– कास्कीको पोखरा लेखनाथ महानगरपालिका कास्की र स्याङ्जाको वालिङ नगरपालिका बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । कुश्मा नगरपालिकालाई ६–० ले हराउँदै पोखरा लेखनाथ अन्तिम चारमा पुगेको हो । वालिङले म्याग्दी बेनी नगरपालिकालाई २–० ले पराजित गरेको थियो ।
२२ औं मिनेटमा विनोद गुरुङको गोलबाट अग्रता लिएको पोखराका लागि विजय श्रेष्ठले ३२ औं मिनेटमा अर्को गोल गरे । ६० औं मिनेटमा मान बहादुर तामाङले गोल गरे । प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्ने क्रममा पोखराका भिषण गुरुङले ६४ औं, ६६ औं र ७९ औं मिनेटमा गोल गरे ।
अर्को खेलमा वालिङका लागि को लागि ४८ औं मिनेटमा सफल थापा र ६८ औं मिनेटमा अजिज दिन मियाँले गोल गरेका थिए । नकआउटका आधारमा जारी प्रतियोगितामा शुक्रबार सेमिफाइनल खेल हुने आयोजक बागलुङ नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिका र पोखरा लेखनाथबीच पहिलो तथा तनहुँको व्यास नगरपालिका र वालिङबीचप्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।
मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]
February 6, 2025
हिमाल खरेल, बिर्तामोडझापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले सानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० ले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- सडन डेथमा गोलकिपर टिकेन्द्र थापा नायक बनेपछि एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीवार निर्धारण समय र थप ३० मिनेटमा १-१ को बराबरीपछि टाइब्रेकर रोमान्चक बनेको हो। टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो। सडन डेथमा […]