default_image

7 years ago

February 2, 2018

रियल म्याड्रिड जनवरीमा खेलाडी नकिन्ने एक्लो टोली

48 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – भर्खरै सम्पन्न जनवरी ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले कुनै खेलाडी खरिद गर्न ‌। स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १९ अंकले पछाडि रहेको रियल ला लिगामा खेलाडी नकिन्ने एक्लो टोली हो ‌।

रियलको वरपर रहेका सबै टोलीले नयाँ खेलाडी भित्र्याउने क्रम जारी राख्दा म्याड्रिडले भने कुनै परिवर्तन गरेको छैन । रियलका प्रशिक्षक जिनेदिन जिदानले अहिलेको टोली सफलता दिलाउन पर्याप्त रहेको बुझाई राखेका छन् । यधपी उनले अर्को ट्रान्सफर विन्डोमा भने खुलेर खर्च गर्ने सम्भावना रहेको छ ।

यस ट्रान्सफर विन्डोमा बार्सिलोनाले १ सय ४२ मिलिष खर्चेर लिभरपुलबाट फिलिप कोउटिन्होलाई भित्र्याएको थियो । एट्लेटिको म्याड्रिडले पनि प्रिमियर लिग क्लब चेल्सीबाट फरवार्ड डिएगो कोस्टालाई फिर्ता ल्यायो ‌। सेभिल्लाले मिडफिल्डर रोके मेसा ल्याउँदा भ्यालेन्सियाले लुसियानो भिएटोको साथ जोड्यो ।

रियलले अर्को ट्रान्सफर विन्डोमा ठूलो नामका खेलाडी भित्र्याउने गृहकार्य सुरु गरिसकेको छ । त्यसका लागि हाल टोलीमा रहेर अपेक्षाकृत प्रदर्शन गर्न नसकेका खेलाडीले क्लब छाड्ने वातावरण सिर्जना हुनेछ ।

October 5, 2024

युवा खेलाडीको मृत्युसहितको क्षति छानबिन गर्न संसदीय समिति बन्ने

काठमाडौं (हाम्रो खेलकुद)- पहिरोमा परि एन्फा एकेडेमी सिस्नेरीमा रहेका ६ युवा खेलाडीको मृत्यु भएको र अन्य क्षतिको अध्ययन गर्न छानविन गर्न संसदीय छानबिन समिति बन्ने भएको छ। असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने  क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो। पूर्वाधार विकास समितिको शुक्रवार‌ बसेको बैठकले छानबिन समिति बनाउने […]

October 5, 2024

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भएको छ । क्लबका पुराना खेलाडी सुजन गिरीको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको छ । यस वर्ष ३२ देखि ४० टोलीको सहभागिता रहने अपेक्षा क्लबले राखेको छ । नकआउट पद्दतिमा हुने […]

October 4, 2024

संकटामाथि पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकालेको छ । तेस्रो स्थानमा रहँदै सुपर लिगका लागि छनोट भएको पुलिसले संकटा क्लबमाथि २-१ को जित निकाल्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा पुलिसको जितमा अनुष्का शेर्पा र समिक्षा घिमीरेले समान १ गोल गरे । संकटाका लागि […]

Success

Thank you for your time.